Monday, December 17, 2018

जापानले अब सित्तैमा नेपाली कामदार लैजाने ! यस्तो हुनेछ प्रक्रिया …पूरा हेरि शेयर गरौ

टोकियो– जापान सरकारको महत्वकांक्षी योजनाका रुपमा लिइएको आगामी अप्रिलदेखि नयाँ भिसा स्टाटस अन्तर्गत विदेशी कामदारहरु ल्याउने प्रकृयामा भिसा प्रोसेस को लागी लिइने जापानी भाषाको जाँच पहिले प्रस्तावित ८ देश बाट १ थप गरिएको । भियतनाम, फिलिपिन्स, इण्डोनेशिया, कम्बोडिया, चीन, थाइल्याण्ड र म्यानमार लगायतका ७ देशको नाम गत हप्ता सार्वजनिक गरि बाँकी एक देशसंग कुरा भैरहेको बताइएपनि सोमबार ९ देशमा भिसा प्रकृयाका लागि जाँच लिने प्रस्ताव गरिएको सरकारी श्रोतलाई उधृत गर्दै एनएचके अनलाइनले आफ्नो समाचारमा लेखेको छ । प्रस्तावित बाँकी राष्ट्रहरुमा आठौं राष्ट्र मंगोलिया छ भने नबौंमा नेपाल परेको छ । सोमबार बसेको बैठकमा न्याय मन्त्रालयले प्रस्ताव गरेको ड्राफ्टमा २ देश थप गरिएको हो । आगामी २० तारिकसम्ममा फेरबदल गर्नुपर्ने केही भए गर्ने नत्र सो प्रस्तावलाई पारित गरिनेछ । त्यसको एक हप्तापश्चात सरकारले आवश्यक प्रकृया अघि बढाउनेछ ।
जापान सरकारले श्रमिक अभाव कम गर्न बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धि विधेयक पारित गरिसकेको छ भने यससँगै कामदार ल्याउने देशहरुसंग सम्झौता गरि माध्यमबाट जापानमा काम गर्न आउने विदेशी कामदारलाई ठग्ने दलालहरुबारे सूचना संकलन गर्ने वातावरणको निर्माण गर्ने पनि सरकारको उद्धेश्य रहेको छ ।
जापानमा हाल रहेको प्राविधिक प्रशिक्षार्थी प्रणालीअन्तर्गत दलालहरुले विदेशी कामदारबाट ठूलो परिमाणमा रकम असुल्ने गरेको पाइएकाले पनि सरकारले दुई देशवीच सूचना आदनप्रदानलाई सहज बनाउने योजना गरेको हो ।
जापानको न्याय मन्त्रालयले अन्तराष्ट्रिय विद्यार्थीहरुसहित जापानमा आउने विदेशी कामदारहरुलाई शान्त बाताबरणमा बस्ने व्यवस्था मिलाउनका लागि तयारी गरिरहेको बताइएको छ । समाचार अनुसार जापानका विभिन्न स्थानमा गरि १०० वटा विदेशीहरुका लागि सहयोग केन्द्र खोल्ने तयारी भैरेहको छ जसले विदेशीहरुलाई आइपर्ने विविध समस्याहरुमा सहयोग र सल्लाह दिनेछन् ।
आगामी अप्रिल महिनाबाट अर्धदक्ष र दक्ष कामदारको रुपमा दुई वटा भिषा प्रक्रियाबाट आउने बिदेशी कामदारहरुले अनिवार्य भाषा र सिप परिक्षादिनुपर्ने छ । त्यसका लागि पनि तयारी भैरहेको सरकारी श्रोतलाई उधृत गर्दै एनएचके अनलाइनले लेखेको छ । भियतनाम, फिलिपिन्स सहित केही एशियाली देशमा प्राविधिक तथा शिप परिक्षा लिने आन्तरिक तयारी र योजना जापानले थालेको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार जापानको सामाविक विमा (स्याकाइ होकेन) नतिरेका कम्पनिलाइ यो नयाँँ स्किममा सामेल गराइने छैन ।
विभिन्न सरकारी सेवा, मेडिकल सेवा, आपद विपदका बेला दिइने सूचना, मोवाइल सेवा, लाइसेन्स लगायतका विदेशीहरुले प्रत्यक्ष सेवा लिन भाषागत समस्या भएका क्षेत्रहरुलाई समेत थप अद्यावधिक गरि विदेशीमैत्री बनाउने र जापानी बाहेक अन्य भाषामा समेत सेवा दिने तयारी जापान सरकारको छ ।
भिषा, सुरक्षा, ट्रफिक नियमका गाइडबुक हरु ११ भाषामा प्रकाशन गरिनेछ । जापानमै पढिरहेका विद्यार्थीहरुको हकमा यो आर्थिक बर्षबाट नै लागू हुनेगरि हाल बन्देज लगाइएका क्षेत्रहरुमा पनि रोजगारीका लागि मार्गप्रसस्त गर्ने निर्णय गरिएको छ । जसले सेन्मोन स्कुल सकेर पनि आफ्नै पढाईको क्षेत्रमा काम गर्न नपाउनेहरुका लागि पनि थप अवसर सिर्जना गर्नेछ ।

Sunday, December 9, 2018

नेपालमा फेरि आठ रेक्टरको भूकम्प आउने खतरा छः वैज्ञानिक सचेतको लागि शेयर गर्नु होस ।।

Image result for earthquake in nepalकाठमाडौं ।  नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् ।
जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठूलो भूकम्प जान सक्ने देखाएको छ ।
‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’
जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको भूगर्भविद् राजेन्द्रले जानकारी दिए ।
उनका अनुसार भूकम्पको जोखिम अत्यधिक भएकाले सुरक्षित संरचना निर्माण आवश्यक छ । प्रतिवेदनमा जोखिमको सम्भावना भएको नेपालको पश्चिम क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा निर्माण गरिने भौतिक संरचानाहरु सुरक्षित हुने गरी बनाउन सुझाव दिइएको छ ।
भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् ।

Friday, December 7, 2018

किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ

किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। ...2 नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ। अध्यारोमा रात बीच तर बिचै घुम्छ। जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ। किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। (एक लाश ठाउमा त्यो साथि मेरै बन्छ। आधा रातमा बिउझे पनि सिरानीमै हुन्छ।)...2 प्रभातको ...2 मिर्मिरे उषा जब हुन्छ। मेरो मनको झझल्कोमा पहिले आइ पुग्छ। किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। (बिछोडको वेदनामा जति छाती पोल्छ। मिलनको कल्पनामा तेही आशा बन्छ।)...2 कोपिलामा ...2 आँसु जस्तै मुटु भित्रै पुग्छ। जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ। किन किन तिम्रो तस्वीर मलाइ निको लाग्छ। नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ। अध्यारोमा रात बीच तर बिचै घुम्छ। जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ।

Tuesday, October 2, 2018

Abhaya Subba Weise/ Biography In nepali | rock singer |Abhaya Subba Weis...

ma sojho nepali novel by prem kshetri - म सोझो - full novel - part 3

कक्षा ११ को नतिजा तिहारपछि मात्र

कक्षा ११ को नतिजा तिहारपछि मात्र

राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा ११ को परीक्षाको नतिजा तिहार पछि मात्र सार्बजनिक हुने भएको छ । परीक्षा बोर्डका एक अधिकारीका अनुसार उत्तरपुस्तिका सम्परिक्षणको काम चलिरहेकोले नतिजा कहिले आउँछ भने ठ्याक्कै भन्न नसकिने बताए । ‘तिहार अगाडी नतिजा प्रकाशन गर्ने कार्यक्रम छैन, तर सकेसम्म छिटो हुने गरि काम गरिरहेका छौँ, सम्भवत कार्तिक अन्तिम या मङ्सिर पहिलो/दोश्रो सातासम्म नतिजा प्रकाशन हुन्छ’ उनले भने ।
साथै यसपटक आंशिक र नियमितको परीक्षाको नतिजा समेत एकैचोटि निकाल्ने तयारी भैरहेको तर अहिले यसबारेमा अहिले केही भन्न नसकिने बताइएको छ । सामाजिक संजालमा दशैँ अगाडी नै नतिजा आउने भन्दै हल्ला चलिरहेकाले नतिजा पर्खेर बसिरहेका बिद्यार्थीहरु अन्योलमा रहँदै आएका थिए ।


Tuesday, September 25, 2018

Nepali Poems Collection Of Siddhicharan Shrestha Siddhicharan Shrestha – Ma Bahula Hoina

सिद्धिचरण श्रेष्ठ – म बहुला होइन
आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।
मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु;
पेट छ खान पाऊँ भन्छु,
नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;
बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु;
यत्तिकैमा पनि तिनीहरू
मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।