
जापान सरकारले श्रमिक अभाव कम गर्न बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धि विधेयक पारित गरिसकेको छ भने यससँगै कामदार ल्याउने देशहरुसंग सम्झौता गरि माध्यमबाट जापानमा काम गर्न आउने विदेशी कामदारलाई ठग्ने दलालहरुबारे सूचना संकलन गर्ने वातावरणको निर्माण गर्ने पनि सरकारको उद्धेश्य रहेको छ ।
जापानमा हाल रहेको प्राविधिक प्रशिक्षार्थी प्रणालीअन्तर्गत दलालहरुले विदेशी कामदारबाट ठूलो परिमाणमा रकम असुल्ने गरेको पाइएकाले पनि सरकारले दुई देशवीच सूचना आदनप्रदानलाई सहज बनाउने योजना गरेको हो ।
जापानको न्याय मन्त्रालयले अन्तराष्ट्रिय विद्यार्थीहरुसहित जापानमा आउने विदेशी कामदारहरुलाई शान्त बाताबरणमा बस्ने व्यवस्था मिलाउनका लागि तयारी गरिरहेको बताइएको छ । समाचार अनुसार जापानका विभिन्न स्थानमा गरि १०० वटा विदेशीहरुका लागि सहयोग केन्द्र खोल्ने तयारी भैरेहको छ जसले विदेशीहरुलाई आइपर्ने विविध समस्याहरुमा सहयोग र सल्लाह दिनेछन् ।
आगामी अप्रिल महिनाबाट अर्धदक्ष र दक्ष कामदारको रुपमा दुई वटा भिषा प्रक्रियाबाट आउने बिदेशी कामदारहरुले अनिवार्य भाषा र सिप परिक्षादिनुपर्ने छ । त्यसका लागि पनि तयारी भैरहेको सरकारी श्रोतलाई उधृत गर्दै एनएचके अनलाइनले लेखेको छ । भियतनाम, फिलिपिन्स सहित केही एशियाली देशमा प्राविधिक तथा शिप परिक्षा लिने आन्तरिक तयारी र योजना जापानले थालेको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार जापानको सामाविक विमा (स्याकाइ होकेन) नतिरेका कम्पनिलाइ यो नयाँँ स्किममा सामेल गराइने छैन ।
विभिन्न सरकारी सेवा, मेडिकल सेवा, आपद विपदका बेला दिइने सूचना, मोवाइल सेवा, लाइसेन्स लगायतका विदेशीहरुले प्रत्यक्ष सेवा लिन भाषागत समस्या भएका क्षेत्रहरुलाई समेत थप अद्यावधिक गरि विदेशीमैत्री बनाउने र जापानी बाहेक अन्य भाषामा समेत सेवा दिने तयारी जापान सरकारको छ ।
भिषा, सुरक्षा, ट्रफिक नियमका गाइडबुक हरु ११ भाषामा प्रकाशन गरिनेछ । जापानमै पढिरहेका विद्यार्थीहरुको हकमा यो आर्थिक बर्षबाट नै लागू हुनेगरि हाल बन्देज लगाइएका क्षेत्रहरुमा पनि रोजगारीका लागि मार्गप्रसस्त गर्ने निर्णय गरिएको छ । जसले सेन्मोन स्कुल सकेर पनि आफ्नै पढाईको क्षेत्रमा काम गर्न नपाउनेहरुका लागि पनि थप अवसर सिर्जना गर्नेछ ।
No comments:
Post a Comment