Friday, September 28, 2018
Thursday, September 27, 2018
Tuesday, September 25, 2018
Nepali Poems Collection Of Siddhicharan Shrestha Siddhicharan Shrestha – Ma Bahula Hoina
सिद्धिचरण श्रेष्ठ – म बहुला होइन
आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।
म बहुला होइन ।
मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु;
पेट छ खान पाऊँ भन्छु,
पेट छ खान पाऊँ भन्छु,
नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;
बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु;
यत्तिकैमा पनि तिनीहरू
यत्तिकैमा पनि तिनीहरू
मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।
आमा, म बहुला होइन ।
Monday, September 24, 2018
Sunday, September 23, 2018
म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, हरि, राज, मैयाँ, कान्छी, पिङ्की, करिश्मा, करिना । हामी कुखुराहरुको चाहिँ मरेपछि नाम राख्छन्– चिकेन चिल्ली, चिकेन फ्राई, चिकेन म:म,हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर । अनि, जिम्दोमा पनि हाम्रो नाम छोटकरीमा हुन्छ । कालो खसी, रातो खसी, पाटे बाख्रो, कालो, सेतो बाख्रो आदि ।मेरो ममीको नाम सेती बाख्री हो । ड्याडीचाहिँ थाहा छैन । मेरो ममीले एक बेतमा हामी दुई जना जुम्ल्याहालाई जन्म दिनुभयो रे ! मेरो दाइ कालो, म त रातो छु । सायद मेरो ड्याडी रातो र दाइको ड्याडी कालो भएकाले हामी दुई जनाको रंग फरक भएको होला ।
कुरा गरेको सुनेको, हामीभन्दा पहिले हाम्रो ममी सेती बाख्रीले थुप्रै बेत पाठापाठी पाउनुभयो रे ! मेरा दाइदिदीहरु धेरै भए रे ! अहिले मेरा दाइहरु हुनुहुन्न । सबै मटन सेकुवा, मटन बिरयानी, मटन करी भएर मान्छेको ट्वाइलेटबाट बगेर वाग्मती, विष्णुमती, धोबीखोलामा बगिसक्नुभयो होला । कोसी, गण्डकी, कर्णालीमा चाहिँ ट्वाइलेट बग्दैन रे ! मेरा दिदीहरु अझै हुनुहुन्छ । भान्जाभान्जी जन्माउँदै हुनुहुन्छ उहाँहरु । हामी सानो हुँदा हामीलाई पाठो भन्थे । हामी बुर्लुक्क बुर्लुक्क उफ्रेर खेल्दा, कम्मर मर्काइमर्काइ उफ्रीउफ्री नाच्दा सबै जना मोहित भएर हेर्थे । हामीलाई बोकेर फोटो खिच्थे । चलचित्र, म्युजिक भिडियोहरुमा हामीलाई राम्रीराम्री तरुनीहरुले छातीमा च्यापेर सुटिङ पनि गर्थे । म चार महिनाको हुँदा हामीलाई पाल्ने साहूको घरमा एउटा मान्छे आयो । साहू र त्यो मान्छेले हामी दुई पाठालाई देखाएर के–के कुरा गरे । मैले अलिअलि सुनेँ– ‘यो कालो रंगको छ, यसलाई बोका नै राख्ने, कालो बोकाको धेरै पैसा आउँछ ।’ मलाई देखाएर साहूले भन्यो– ‘यो रातो रंगवालालाई खसी बनाए पैसा धेरै पाइन्छ ।’ म चार महिनाको केटो, केही थाहा छैन । मलाई खसी बनाउने भनेर कुरा गरेको सुनेर खुब खुसी भएँ । के होला खसी बनाउने भनेको ? मेरो दाइ कालो बोकाले मन खिन्न बनाएर भन्यो– ‘तँलाई चाहिँँ खसी बनाउने रे, मलाई चाहिँँ यत्तिकै राख्ने रे !’

एउटा मान्छे सबैभन्दा अगाडि भएको एउटा लामकाने खसीलाई घाँटीमा पासोजस्तो लगाएर तान्छ । अनि, अर्कोले उध्याएको चुप्पीले गर्दनमा घ्याच्च हान्छ । त्यसपछि एउटै डोरीमा बाँधिएका हामी मधेसी, पहाडी, हिमाली सबै भाषा बोल्ने खसी एकसाथ आत्तिन्छौँ ।
साथी एकबाट दुई भएर रगत वाक्दै छटपटाइरहेको देखेपछि हामी सुलुलुसुलुलु पिसाब छोड्न थाल्यौँ । आत्तिन्छौँ, कराउँछौँ, भाग्न खोज्छौँ । उम्लिरहेको तातो पानीमा हालेर रौँका लुगा फुकाल्न थाल्छन् । खुट्टामा लगाएको खुरजुत्ता पनि फुकाल्छन् । एउटा मान्छेले तराजुमा जोखेर आधी खसी लिएर जान्छ । आधीचाहिँँ टुक्राटुक्रा पारेर धेरै जनालाई बेचिन्छ । म छक्क पर्छु ।
पसले दुई नम्बर खसीलाई फुकालेर लग्छ । तीन नम्बर, चार नम्बर, पाँच नम्बर सबैको त्यही हाल हुन्छ । भाग्न पाए हुन्थ्यो भन्ने कुरा मात्रै खेल्छ मेरो मनमा ।
हामी नचाहेरै मर्नका लागि जन्मेका रहेछौँ । वनमा चर्न जाँदा पनि ज्यान जोगाउन गाह्रो– चितुवा, बाघसँग सधैँ जोगिएर हिँड्नुपर्ने । ज्यानको माया सबै प्राणीलाई हुँदो रहेछ । त्यही भएर त होला सबै तर्सने, भाग्ने, चिच्याउने आदि गरेको । ज्यानको माया नभएको भए कोही किन भाग्थ्यो होला ? खसीको जुनी लिएपछि हामी अभागीहरु मर्न तयार हुनैपर्दाे रहेछ ।
म १२ नम्बरमा परेको छु । मेरो पालो आजै आउने हो कि भोलि थाहा छैन । मासु किन्ने मान्छेको हुल देख्दा त हामी सबैको पालो आजै आउलाजस्तो छ । एक दिन भए पनि बाँच्ने आशा जाग्छ मलाई । कामना गर्छु, भोलिसम्म बाँच्न पाए पनि हुने थियो । फेरि सोच्छु, बिजोग हेरेर बस्नुभन्दा बरु चाँडै मर्ने पालो आए पनि हुन्थ्यो ।
मैले अघि नै भनिसकेँ मान्छे त विद्वान्, ज्ञानी, चेतनशील जनावर हो रे ! तर, किन अरुलाई देखाइदेखाइ उनीहरुको सामुन्ने काट्ने होला ? थाहा नपाउने गरी मारेर खाए पनि त हुन्थ्यो । १२ नम्बरको म एघारचोटि त पहिल्यै मरिसकेँ ।
दसैँका बेला म सहिदजस्तो छु । मरेपछि परिकारबाट पुकारिन्छु म । जस्तो : पक्कु, भुटुवा, सेकुवा, भित्र्याँस । खसी भएर धेरै कुरामा ठगिएँ म । तर, मर्ने बेलामा बोके दाइभन्दा अलि सास्ती कम हुँदो रहेछ । हामी खसीलाई त च्वाट्टै हान्दा रहेछन् । बोके दाइलाई त मन्दिरमा लगेर तर्साइतर्साइ, संकल्पसंकल्पी, पर्छीपर्छी, कुदाइकुदाइ, रेटीरेटी बलि दिन्छन् रे ! बिचरा मेरो कालो बोके दाइले धेरै दु:ख पायो होला । के देवता हामीलाई रेटेर बलि दिएपछि साँच्चै खुसी हुने होलान् त ? मान्छे हो ! देउताको धेरै बेइज्जत नगर न ! पशुपन्छीको पनि चेतना छ भनेर जान ।
मलाई अगाडि लगिन्छ । मेरा कामिरहेका गोडा पनि बेस्कन समातिन्छ । मेरो घाँटीमा पोल्याजस्तो लाग्यो... म्याँऽऽऽ !
ht
दशैको खसीको आत्मकथा, मनै रुवाउने एउटा लेख !! अवश्य पढ्नु होला
म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’
माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, हरि, राज, मैयाँ, कान्छी, पिङ्की, करिश्मा, करिना । हामी कुखुराहरुको चाहिँ मरेपछि नाम राख्छन्– चिकेन चिल्ली, चिकेन फ्राई, चिकेन म:म, चिकेन कटलेट ।’
हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर । अनि, जिम्दोमा पनि हाम्रो नाम छोटकरीमा हुन्छ । कालो खसी, रातो खसी, पाटे बाख्रो, कालो, सेतो बाख्रो आदि ।
ोलामा बगिसक्नुभयो होला । कोसी, गण्डकी, कर्णालीमा चाहिँ ट्वाइलेट बग्दैन रे ! मेरा दिदीहर%5म्ल्याहालाई जन्म दिनुभयो रे ! मेरो दाइ कालो, म त रातो छु । सायद मेरो ड्याडी रातो र दाइको ड्याडी कालो भएकाले हामी दुई जनाको रंग फरक भएको होला ।
कुरा गरेको सुनेको, हामीभन्दा पहिले हाम्रो ममी सेती बाख्रीले थुप्रै बेत पाठापाठी पाउनुभयो रे ! मेरा दाइदिदीहरु धेरै भए रे ! अहिले मेरा दाइहरु हुनुहुन्न ।
सबै मटन सेकुवा, मटन बिरयानी, मटन करी भएर मान्छेको ट्वाइलेटबाट बगेर वाग्मती, विष्णुमती, धोबीखोलामा बगिसक्नुभयो होला । कोसी, गण्डकी, कर्णालीमा चाहिँ ट्वाइलेट बग्दैन रे ! मेरा दिदीहरु अझै हुनुहुन्छ । भान्जाभान्जी जन्माउँदै हुनुहुन्छ उहाँहरु ।
हामी सानो हुँदा हामीलाई पाठो भन्थे । हामी बुर्लुक्क बुर्लुक्क उफ्रेर खेल्दा, कम्मर मर्काइमर्काइ उफ्रीउफ्री नाच्दा सबै जना मोहित भएर हेर्थे । हामीलाई बोकेर फोटो खिच्थे । चलचित्र, म्युजिक भिडियोहरुमा हामीलाई राम्रीराम्री तरुनीहरुले छातीमा च्यापेर सुटिङ पनि गर्थे ।
म चार महिनाको हुँदा हामीलाई पाल्ने साहूको घरमा एउटा मान्छे आयो । साहू र त्यो मान्छेले हामी दुई पाठालाई देखाएर के–के कुरा गरे । मैले अलिअलि सुनेँ– ‘यो कालो रंगको छ, यसलाई बोका नै राख्ने, कालो बोकाको धेरै पैसा आउँछ ।’
मलाई देखाएर साहूले भन्यो– ‘यो रातो रंगवालालाई खसी बनाए पैसा धेरै पाइन्छ ।’ म चार महिनाको केटो, केही थाहा छैन । मलाई खसी बनाउने भनेर कुरा गरेको सुनेर खुब खुसी भएँ । के होला खसी बनाउने भनेको ? मेरो दाइ कालो बोकाले मन खिन्न बनाएर भन्यो– ‘तँलाई चाहिँँ खसी बनाउने रे, मलाई चाहिँँ यत्तिकै राख्ने रे !’
त्यो मान्छेले मलाई खोरबाट लिएर गयो र चोकमा पछार्यो । म आत्तिएँ, कराएँ । मेरो साहूले मेरो अगाडिका दुइटा खुट्टा समात्यो । साउनीले पछाडिका खुट्टा च्याप्प समाती । त्यो मान्छेले खल्तीबाट ब्लेड झिकेर मेरो अन्डकोशको बीचमा चिर्यो होला । म मरेसरी भएँ । भुतुक्क भएँ । म्याँ म्याँ गरेर चिच्याएँ । यति दुख्यो, यति दुख्यो, दायाँबायाँ केही देखिनँ ।
साहूको सानो छोरो ‘त्यो मलाई देऊ, म पोलेर खान्छु’ भनेर रोएको सुनेँ । मलाई हनहनी ज्वरो आयो । बाँच्दिनँ कि भन्ठानेको थिएँ, बल्लतल्ल बाँचेँ । खोरबाट हेरिरहेको मेरो कालो बोको दाइले पछि भन्यो– ‘तेरो अन्डकोष चिरेर दुइटै अन्डा झिकेर तेल–बेसार दलिदियो । अनि, तिनलाई तेरो साहूको छोराले पोलेर कचौरामा हालेर तँलाई नै हेरीहेरी खायो ।’
जिन्दगी बेकार भयो मेरो । खालि वनमा चर्न जाने । घाँस खाने । खोरमा आउने । खोले खाने । सुत्ने, बस् । वनमा चर्न जाँदा दाइ कालो बोकोलाई देखेर तरुनीतरुनी बाख्रीहरु खुब मस्किन्छन् । दिनका दिन एउटा न एउटा बाख्रीसँग लभ पर्छ उसको । ऊ त बाख्रीहरुको हुलमा हिरो नै भएको छ ।
आफू खसी भएकाले राम्रीराम्री बाख्रीहरुसँग बोल्न मन लाग्छ । छिल्लिन मन लाग्छ तर बाख्रीहरुले वास्ता नै गर्दैनन् । हेर्दासम्म पनि हेर्दैनन् । बोकाको त गन्ध पनि आउँदो रहेछ । त्यही गन्ध सुँघ्दै बाख्रीहरु पछि लाग्छन् । खसी भएपछि म बढ्नचाहिँ हलक्क बढेँ । बाउ बन्ने, लभ गर्ने अधिकारचाहिँ साहूले खोसिदियो मेरो ।
म त भर्खर जन्मेको थिएँ, राम्ररी सम्झन्न । ठूलो भूकम्प आएर हाम्रो साहू बस्ने घर भत्कियो रे ! अनि, साहूहरु हामी बस्ने गोठमा बस्न आए । हामी अनि गाई–भैँसीहरुलाई चाहिँँ अर्को छाप्रो बनाएर राखिदिए । यसपालि पानी पनि धेरै पर्यो भन्छन् । हाम्रो खोरमा पानी चुहिएर राम्रोसँग सुत्नै पाएका थिएनौँ राति पनि ।
बल्लबल्ल बर्खा सकियो । अब त मौसम पनि राम्रो राम्रो सित्तल हुँदै थियो । डाँडाबाट हिमाल पनि कस्तो राम्रो देखिन थाल्या थियो । मान्छेहरु दसैँ लाग्यो भन्दै थिए । गाउँका मान्छेहरु नयाँ लुगा सिलाउने कुरा गर्दै थिए । हाम्रो त पानी तताएर भगवान्ले लगाइदिएको लुगा–जुत्ता सब फुकाल्ने कुरो भइरहेको सुनेँ ।
गाउँबाट हुलका हुल खसी, बोका, बीचमा बूढीबूढी बाख्रीहरु लिएर गइरहेका छन् व्यापारीहरुले । खोरमा बस्दा सधैँ चराउन वनमा लग्थे । आज लगेनन् । कालो बोके दाइसँग भनेँ– ‘दाइ हुलका हुल हामीजस्तै चौपाया गाउँबाट लगिँदै छ । हामीलाई पनि लग्ने हुन् कि ?’ मलाई ‘टेन्सन’ भयो ।
साहूको आँगनमा चार–पाँच जना मान्छे आए । हामीलाई खोरबाट झिकेर उचाल्न थाले । मलाई उचालेर एउटाले भन्यो, ‘१५ हजार दिन्छु ।’ साहूले भन्यो, ‘१८ देऊ ।’ उसले भन्यो, ‘ल १६ हजार दिन्छु ।’ मेरो दाइ कालो बोकेलाई उचालेर ‘ल ल यसलाई पनि १६’ भन्यो । हाम्री आमा सेती बाख्री गर्भवती भएकी थिइन् । भाइ अथवा बहिनी के पाउँछिन्, थाहा छैन । आमा टुलुटुलु हेर्दै थिइन् । हामीलाई डोरीले घाँटीमा बाँधेर घिच्याउँदै लिएर गए ।
केही बेर चिच्याएँ म । हिँडेन भने लठ्ठीले हान्छन् भनेर लुरुक्क परेर हिँड्न थाल्यौँ हामी । एकछिन हिँडेपछि बसको छतमा तानेर राखे । त्यहाँ हामीजस्तै अरु खसीबोकालाई पनि छतमा हाले । कहिल्यै नचिनेकाले खासै कुरा भएको थिएन हाम्रो । एकछिनपछि बोल्न मात्रै के खोजेका थियौँ, बस गुडिहाल्यो । कहिले यताबाट उता हल्लाउँछ । कहिले उताबाट यता हल्लाउँछ । हल्लाउँदै हल्लाउँदै सहरको कोलाहल, धूवाँ, धूलोमा आइपुग्यौँ । छतमा मलाई साह्रै गाह्रो भयो ।
बसबाट फेरि खुट्टा समातेर तल खसाले । बसबाट ओराल्नासाथै मेरो कालो बोके दाइलाई एउटाले समातेर मोटरसाइकलको बीचमा राख्यो र अर्को मान्छे पछाडि बस्यो । उसलाई समातेर लिएर गए । दाइ मलाई हेरेर ‘बाई बाई…’ गर्दै गयो । दाइलाई कहाँ लगेका हुन्, मसँग किन छुट्याइदिएका हुन् ! म रोएँ । सायद दाइ पनि म्याँयाँ गरेर धेरै रोयो । केही बेरमा ऊ देखिएन ।
झिसमिसे उज्यालो हुँदै थियो । हामीलाई राखेको पसलको सटर मुटु नै थर्कने गरी खोलियो घ्यार्र… । टिनको ठूलो ड्रममा पानी उम्लिरहेको थियो । हामी एउटै डोरीमा ३० वटा खसी बाँधिएका थियौँ । किन यसरी बाँधेका होलान् हामीलाई ? भन्न त मान्छेहरुलाई जनावरमध्येको विवेकी, बुद्धिमान्, ज्ञानी भन्छन् ।
हामी धेरै ठाउँबाट आएका रहेछौँ । मैथिली, भोजपुरी, अवधी, उर्दू, हिन्दी, खसानी धेरै भाषा बोल्नेहरु पनि रहेछन् । उनीहरुका कान लामालामा थिए । तिनलाई लामकाने भन्थे मान्छेहरु । हामी पहाडिया सामन्ती खसी पाँचवटा थियौँ । हाम्रोचाहिँ कान छोटोछोटो, भुँडी भ्यात्त परेको थियो । पसलअगाडि एउटा मान्छेले चुप्पीमा साँध लगाइरहेको थियो । मैले ठानेँ, सायद हामीलाई भोक लागेको थाहा पायो होला, स्याउला खुवाउन हाँगा काट्न उध्याएको होला, त्यो चुप्पी !
एउटा मान्छे सबैभन्दा अगाडि भएको एउटा लामकाने खसीलाई घाँटीमा पासोजस्तो लगाएर तान्छ । अनि, अर्कोले उध्याएको चुप्पीले गर्दनमा घ्याच्च हान्छ । त्यसपछि एउटै डोरीमा बाँधिएका हामी मधेसी, पहाडी, हिमाली सबै भाषा बोल्ने खसी एकसाथ आत्तिन्छौँ । साथी एकबाट दुई भएर रगत वाक्दै छटपटाइरहेको देखेपछि हामी सुलुलुसुलुलु पिसाब छोड्न थाल्यौँ ।
आत्तिन्छौँ, कराउँछौँ, भाग्न खोज्छौँ । उम्लिरहेको तातो पानीमा हालेर रौँका लुगा फुकाल्न थाल्छन् । खुट्टामा लगाएको खुरजुत्ता पनि फुकाल्छन् । एउटा मान्छेले तराजुमा जोखेर आधी खसी लिएर जान्छ । आधीचाहिँँ टुक्राटुक्रा पारेर धेरै जनालाई बेचिन्छ । म छक्क पर्छु । पसले दुई नम्बर खसीलाई फुकालेर लग्छ । तीन नम्बर, चार नम्बर, पाँच नम्बर सबैको त्यही हाल हुन्छ । भाग्न पाए हुन्थ्यो भन्ने कुरा मात्रै खेल्छ मेरो मनमा ।
हामी नचाहेरै मर्नका लागि जन्मेका रहेछौँ । वनमा चर्न जाँदा पनि ज्यान जोगाउन गाह्रो– चितुवा, बाघसँग सधैँ जोगिएर हिँड्नुपर्ने । ज्यानको माया सबै प्राणीलाई हुँदो रहेछ । त्यही भएर त होला सबै तर्सने, भाग्ने, चिच्याउने आदि गरेको । ज्यानको माया नभएको भए कोही किन भाग्थ्यो होला ? खसीको जुनी लिएपछि हामी अभागीहरु मर्न तयार हुनैपर्दाे रहेछ ।
म १२ नम्बरमा परेको छु । मेरो पालो आजै आउने हो कि भोलि थाहा छैन । मासु किन्ने मान्छेको हुल देख्दा त हामी सबैको पालो आजै आउलाजस्तो छ । एक दिन भए पनि बाँच्ने आशा जाग्छ मलाई । कामना गर्छु, भोलिसम्म बाँच्न पाए पनि हुने थियो । फेरि सोच्छु, बिजोग हेरेर बस्नुभन्दा बरु चाँडै मर्ने पालो आए पनि हुन्थ्यो ।
मैले अघि नै भनिसकेँ मान्छे त विद्वान्, ज्ञानी, चेतनशील जनावर हो रे ! तर, किन अरुलाई देखाइदेखाइ उनीहरुको सामुन्ने काट्ने होला ? थाहा नपाउने गरी मारेर खाए पनि त हुन्थ्यो । १२ नम्बरको म एघारचोटि त पहिल्यै मरिसकेँ । दसैँका बेला म सहिदजस्तो छु । मरेपछि परिकारबाट पुकारिन्छु म ।
जस्तो : पक्कु, भुटुवा, सेकुवा, भित्र्याँस । खसी भएर धेरै कुरामा ठगिएँ म । तर, मर्ने बेलामा बोके दाइभन्दा अलि सास्ती कम हुँदो रहेछ । हामी खसीलाई त च्वाट्टै हान्दा रहेछन् । बोके दाइलाई त मन्दिरमा लगेर तर्साइतर्साइ, संकल्पसंकल्पी, पर्छीपर्छी, कुदाइकुदाइ, रेटीरेटी बलि दिन्छन् रे !
बिचरा मेरो कालो बोके दाइले धेरै दु:ख पायो होला । के देवता हामीलाई रेटेर बलि दिएपछि साँच्चै खुसी हुने होलान् त ? मान्छे हो ! देउताको धेरै बेइज्जत नगर न ! पशुपन्छीको पनि चेतना छ भनेर जान । मलाई अगाडि लगिन्छ । मेरा कामिरहेका गोडा पनि बेस्कन समातिन्छ । मेरो घाँटीमा पोल्याजस्तो लाग्यो… म्याँऽऽऽ !
Thursday, September 20, 2018
Monday, September 17, 2018
Friday, September 14, 2018
गीता उपदेश
किन व्यर्थै चिन्ता गर्छौ ?
किन डराउने तिमी कोहीसँग ?
कसले तिमीलाई मार्न सक्छ ?
आत्मा न पैदा हुन्छ न त मर्छनै
जे भयो त्यो राम्रो भयो
जे भइरहेको छ त्यो राम्रो भइरहेको छ
जे हुनेछ त्यो पनि राम्रोनै हुनेछ
तिमी भूतको पश्चात्ताप नगर
भविष्यको चिन्ता नगर
वर्तमान चलिरहन्छ
चलिरहेको छ
तिम्रो कोही मरेको छैन
तिम्रो के गयो ?
किन तिमी रुन्छौ ?
तिमीले के ल्याएका छौ र ?
जो तिमीले गुमायौ
तिमीले के उत्पन्न गर्यौ ?
जो नाश भइगयो
न तिमी केही लिएर आयौ
जे लियौ यहीँबाट लियौ
जे दियौ यहीँ दियौ
जे लियौ यही भगवानबाट लियौ
जे दियौ उहाँलाइनै दियौ
खाली हात आयौ खाली हात जानेछौ
जुन चिज आज तिम्रो हो
हिजो अरु कसैको थियो
अझ अस्ती अरु कसैको थियो
तिमी यसलाई आफ्नो सम्झेर मग्न छौ
बस् यो प्रशन्नतानै तिम्रो दुःखको कारण हो
परिवर्तन संसारको नियम हो
जसलाई तिमी मृत्यु सम्झन्छौ
त्यही त जीवन हो
त्यो त आत्माको लुगा फेराइ हो
जीवन कहिल्यै मर्दैन
एकै छिनमा तिमी करोडौंको मालिक बन्छौ
एकै छिनमा तिमी दरिद्र हुन्छौ
मेरो तिम्रो
सानो ठूलो
आफ्नो अर्काको
मनबाट हटाइदेऊ
बिचारबाट हटाइदेऊ
फेरि सबै तिम्रो हो , तिमी सबैका हौ
न यो शरीर तिम्रो हो
न तिमी शरीरको हो
यो अग्नी जल , बायु , पृथ्वी , आकाशबाट बनेको छ
र यसैमा विलिन भइजान्छ
परन्तु आत्मा स्थिर छ
फेरि तिमी के हौ ?
तिमी आफूलाई भगवानमा अर्पित गर
यही सबभन्दा उत्तम सहारा हो
जो यो सहारालाई बुझ्दछ
जो यो सहारालाई जान्दछ
ऊ सदा चिन्ता शोकबाट सर्बदा मुक्त हुन्छ
जे पनि तिमी गर्छौ
त्यसलाई भगवानमा अर्पित गरिरहु
यसैबाट तिमी जीवन-मुक्तको आनन्द अनुभव गर्छौ ।
भरत खत्री ...
किन डराउने तिमी कोहीसँग ?
कसले तिमीलाई मार्न सक्छ ?
आत्मा न पैदा हुन्छ न त मर्छनै
जे भयो त्यो राम्रो भयो
जे भइरहेको छ त्यो राम्रो भइरहेको छ
जे हुनेछ त्यो पनि राम्रोनै हुनेछ
तिमी भूतको पश्चात्ताप नगर
भविष्यको चिन्ता नगर
वर्तमान चलिरहन्छ
चलिरहेको छ
तिम्रो कोही मरेको छैन
तिम्रो के गयो ?
किन तिमी रुन्छौ ?
तिमीले के ल्याएका छौ र ?
जो तिमीले गुमायौ
तिमीले के उत्पन्न गर्यौ ?
जो नाश भइगयो
न तिमी केही लिएर आयौ
जे लियौ यहीँबाट लियौ
जे दियौ यहीँ दियौ
जे लियौ यही भगवानबाट लियौ
जे दियौ उहाँलाइनै दियौ
खाली हात आयौ खाली हात जानेछौ
जुन चिज आज तिम्रो हो
हिजो अरु कसैको थियो
अझ अस्ती अरु कसैको थियो
तिमी यसलाई आफ्नो सम्झेर मग्न छौ
बस् यो प्रशन्नतानै तिम्रो दुःखको कारण हो
परिवर्तन संसारको नियम हो
जसलाई तिमी मृत्यु सम्झन्छौ
त्यही त जीवन हो
त्यो त आत्माको लुगा फेराइ हो
जीवन कहिल्यै मर्दैन
एकै छिनमा तिमी करोडौंको मालिक बन्छौ
एकै छिनमा तिमी दरिद्र हुन्छौ
मेरो तिम्रो
सानो ठूलो
आफ्नो अर्काको
मनबाट हटाइदेऊ
बिचारबाट हटाइदेऊ
फेरि सबै तिम्रो हो , तिमी सबैका हौ
न यो शरीर तिम्रो हो
न तिमी शरीरको हो
यो अग्नी जल , बायु , पृथ्वी , आकाशबाट बनेको छ
र यसैमा विलिन भइजान्छ
परन्तु आत्मा स्थिर छ
फेरि तिमी के हौ ?
तिमी आफूलाई भगवानमा अर्पित गर
यही सबभन्दा उत्तम सहारा हो
जो यो सहारालाई बुझ्दछ
जो यो सहारालाई जान्दछ
ऊ सदा चिन्ता शोकबाट सर्बदा मुक्त हुन्छ
जे पनि तिमी गर्छौ
त्यसलाई भगवानमा अर्पित गरिरहु
यसैबाट तिमी जीवन-मुक्तको आनन्द अनुभव गर्छौ ।
भरत खत्री ...
दशरथ मांझी
![]()
दशरथ मंजी
| |
जन्मे | दशरथ 1 9 2 9 गेहौर , बिहार , भारत |
---|---|
मृत | 17 अगस्ट 2007 (77-78 उमेर) नयाँ दिल्ली , भारत |
मृत्युको कारण | क्यान्सर, खानाको कमी |
राष्ट्रियता | भारतीय |
अरु नामहरु | माउंटेन म्यान |
व्यवसाय | श्रम |
को लागि ज्ञात | कुँद्ने एक पहाड मात्र साथ हथौडा रछिनो , को एउटा बाटो बनाउन शहरएक देखि ग्रामीण गाँउ मा बिहार । |

प्रारम्भिक जीवन र काम [ संपादित गर्नुहोस ]
दशरथ माझी आफ्नो घर देखि एक युवक मा भाग्यो र धनबाद को कोइला खानहरुमा काम गरे । उनी आफ्नो गाउँ फर्किन् र विवाह गरेको फग्नी देवी। [1]
फागुन देवीले तत्कालीन मेडिकल हेरविचार प्राप्त नगरेका कारण दुर्घटनाको मृत्यु भयो, किनकि नजिकैका अस्पतालहरू थिएनन्। [7] [5] [8] सोच्ने हो कि अरूले यो भाग्यको पीडा गर्नुपर्दैन, उहाँले आफ्ना गाँउलाई अझ सुलभ बनाउन सडक निर्माण गर्न समाधान गर्नुभयो। [5] [9] मन्जेले समाजको लागि केहि गर्न आवश्यक महसुस गर्यो र गहलो पहाडहरु मार्फत बाटो पथ्याउने निर्णय गरे ताकि उनीहरूको गाँउले स्वास्थ्य ध्यानमा सजिलो पहुँच हुन सकेन। [1] उहाँले 110 मीटर लामो, एक ठाउँमा 7.7 मिटर गहिराइ र 9.1 मिटर लामो बाटोमा गहौरको पहाडमा चट्टानबाट मार्ग निर्माण गर्दथ्यो। उनले भने, "जब मैले पहाडलाई हान्न थाले, मानिसहरूले मलाई लुनोट बोलाए तर मैले मेरो संकल्पलाई फलाम गरे।"
उनले काम 22 वर्ष (1 9 80-19 82) मा पूरा गरे। यो मार्ग 80 किलोमिटर सम्म रहेको जिया जिल्लाको एट्री र भान्जागज क्षेत्रमा बीचको दूरी कम भयो। उनको प्रयासको लागि मकवान भइरहेको भए तापनि मन्जजीको कामले गहौर गाउँको जीवनलाई सजिलो बनाएको छ। [9] पछि, माझीले भने, "धेरै ग्रामीणहरूले मलाई पहिले मार्न छोडे तापनि त्यहाँ केही थियौ कि मलाई पछि मलाई सहयोग गरेर मेरो उपकरणहरू किन्न मद्दत गरें।
मृत्यु [ सम्पादन गर्नुहोस् ]
Manjhi मा 17 अगस्ट 2007 देखि पीडित गर्दा, 73 को उमेर मा मृत्यु पित्त थैली क्यान्सर मा चिकित्सा विज्ञान को सबै भारत संस्थान (AIIMS), नयाँ दिल्ली। [5]उनलाई बिहार सरकार द्वारा राज्य को अंतिम संस्कार दिइयो । [8]
उनको विशेष रुप को लागि, मन्जे को लोकप्रिय 'माउंटेन मैन' को रूपमा लोकप्रिय भएको थियो। बिहार सरकारले सोशल सेवा क्षेत्रमा 2006 मा पद्म श्री पुरस्कारको लागि उनको नाम प्रस्ताव गरेको छ । [11] 26 औं डिसेम्बर 2016 को " भारत बिहार" श्रृंखलामा भारत पोस्ट [12] द्वारा स्टाम्प जारी गरिएको थियो ।
लोकप्रिय संस्कृतिमा [ सम्पादन गर्नुहोस् ]
फिलिम डिभीजनले एक वृत्तचित्र सिर्जना गरे जुन कुमुद रजननले निर्देशित गरेको द मेनलाई 1 9 71 मा मणिजीको जीवनमा आधारित माउण्टेन चलाए ।
अगस्ट 2015 मा, एक हिंदी चलचित्र मनजी - माउंटेन म्यान रिलीज र राम्रो तरिकाले प्राप्त भएको थियो। चलचित्र केतन मेहता द्वारा निर्देशित गरिएको थियो । अब्दुल्लाद्दीन सिद्दीकीले राधािका एपेईको साथ फल्गुनुनी देवीको साथ मन्जुरको भूमिका खेले । [13]
मन्जुरका कामहरू 2011 कन्नाडा चलचित्र ओलव मन्डारमा जयतथर्थद्वारा निर्देशित छन् । [14] 1 99 8 कन्नाडा फिल्ममा एक सहायक चरित्र भमी थयाया चचचला मगलाई मन्जेमा आधारित थियो। [15]
को को सिजन 2 को पहिलो प्रसङ्ग आमिर खान होस्ट TV शो Satyamev Jayate , मार्च 2014 मा प्रसारित, Dashrath Manjjhi समर्पित थियो। [16] [17] आमिर खान र राजेश रंजनले भीजेरा माझी र ममताको पुत्र बेसुनी देवीलाई भेट्टाए र वित्तीय सहायता प्रदान गर्ने प्रतिज्ञा गरे। [18] तथापि, 1 9, 2014 मा चिकित्सकीय हेरचाह खर्च गर्न असक्षमताको कारण बसांटी देवीको मृत्यु भयो।
Wednesday, September 12, 2018
तिम्रो सफलताको बाधक
तिम्रो सफलताको बाधक
* तिम्रो सफलताको बाधक धन होइन, किनभने
चार्ली च्याप्लीन
देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।...
* तिम्रो सफलताको बाधक
विद्यालयी शिक्षा होइन, किनभने
थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु
कारनेगी विद्यालय नै
गएका थिएनन् ।
* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु
होइन, किनभने
अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट
टाढीनुपरेको थियो ।
* तिम्रो सफलताको बाधक शारीरिक
असक्षमता होइन, स्टेफन
हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग
थिए ।
* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु
होइन, किनभने
वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर
कोलम्बसलाई सबैले
सहयोग गर्न अस्विकार गरेका थिए ।
* तिम्रो सफलताको बाधक
बारम्बारको असफलता होइन एडिसन,
अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन
बारम्बार असफल
भएका थिए ।
* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले
अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ ।
तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ
हो,
कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु
हो,
सुरक्षा खोज्नु हो....। तिमी सिवाय
यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने
कुनै
दोश्रो ताकत छैन ।
* तिम्रो सफलताको बाधक धन होइन, किनभने
चार्ली च्याप्लीन
देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।...
* तिम्रो सफलताको बाधक
विद्यालयी शिक्षा होइन, किनभने
थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु
कारनेगी विद्यालय नै
गएका थिएनन् ।
* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु
होइन, किनभने
अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट
टाढीनुपरेको थियो ।
* तिम्रो सफलताको बाधक शारीरिक
असक्षमता होइन, स्टेफन
हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग
थिए ।
* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु
होइन, किनभने
वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर
कोलम्बसलाई सबैले
सहयोग गर्न अस्विकार गरेका थिए ।
* तिम्रो सफलताको बाधक
बारम्बारको असफलता होइन एडिसन,
अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन
बारम्बार असफल
भएका थिए ।
* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले
अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ ।
तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ
हो,
कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु
हो,
सुरक्षा खोज्नु हो....। तिमी सिवाय
यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने
कुनै
दोश्रो ताकत छैन ।
Monday, September 10, 2018
Friday, September 7, 2018
Saturday, September 1, 2018
कृष्णाष्टमी रोचक तथ्य

Subscribe to:
Posts (Atom)