Sunday, April 8, 2018

साहित्यकार इन्द्रबहादुर राईको निधन


काठमडौं : साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ। ९१ वर्षीया नेपाली भाषी साहित्यकार राईको मंगलबार दार्जिलिङस्थित घरमै निधन भएको उनका नाति रनेश राईले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। राईको जन्म सन् १९२७ फेब्रुअरी ३ तारिखमा दार्जिलिङमा भएको थियो। दार्जिलिङमा जन्मिएर पनि राईले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्।
राई नेपाली साहित्यको तेस्रो आयामका अभियान्ता मध्ये एक हुन्। वैरागी काइँला, ईश्वरबल्लभ र राई मिलेर २०२० दशकमा तेस्रो आयाम नामक प्रयोगवादी साहित्यिक अभियान प्रारम्भ गरेका थिए।
एक हप्ताअघि मात्र सिलगुडी घरबाट साहित्यकार राई दार्जिलिङको घरमा पुगेका थिए। दार्जिलिङमा जाडो हुने हुँदा उनको परिवार जाडो मौसममा लिगुडी र गर्मी मौसममा दार्जिलिङ बस्दै आएको थियो।
गतवर्ष श्रीमती बितेपछि मानसिक रुपमले समेत कमजोर बनेका राईको मंगलबार साँझ दार्जिलिङमा निधन भएको हो। राई दार्जिलिस्थिति लोचनगर, २ लरेटो कन्भेन्ट रोडमा बस्दै आएका थिए।
मंगलबार दिउँसोसम्म ठिकठाक भएको खबर पाएका नाति रनेशले साँझमात्र आफ्नो बाजे बितेको खबर पाएका हुन्। ‘एक महिना अगाडिसम्म पनि घरमै थिएँ। बजु (हजुरआमा) बितेपछि एक्लो महसुस गर्नुहुन्थ्यो तर, बुढ्यौलीबाहेक अन्य स्वास्थ्य समस्या केही पनि थिएन’, त्रिभुवन विश्वविद्यालयमा एफफिल गर्दै गरेका उनका नाति रनेशले भने, ‘एकघण्टाअघि आमा–बुबासँग कुरा गर्दा ठिकै छ भन्नुहुथ्यो, साँझ एक्कैचोटी यस्तो खबर आयो।’ नरेश भोलि नै दार्जिलिङ जाँदै छन्।
आज रमिता छ,उपन्यास, विपना कतिपय, कथासंग्रह, कठपुतलीको मन, निबन्धलगायत कृति चर्चित छन्। सँगै उनका कथास्था, कथासंग्रह, सेतो ख्याकको बनोट र बुनोट, टिपेका टिप्पणीहरू, नेपाली उपन्यासका आधारहरू, सन्दर्भमा ईश्वरबल्लभका कविता, साहित्यको अपहरण, मार्क्सवादी प्रतिवद्धता,अर्थहरूको पछिल्तिर, पृष्ठ पृष्ठलगायत समालोचनात्मक कृति प्रसिद्ध छन्।
राईको निधनपछि नेपाली साहित्यकारहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जलि दिएका छन्।

Saturday, April 7, 2018

वाध्यता कि रहर: रातको पचास हजार लिन्छिन कक्षा १० मा पढ्ने किशोरीहरु

खान लाउन नै नपुगेपछि काम कुनै नपाउदा मानिसहरु समाज मा तल्लो स्तरमा गनिएका कामहरु गर्न पुग्छन | नेपाल टेलिभिजन बाट प्रसारण भएको एक कार्यक्रम संघर्षमा केहि वर्ष अघि ठमेल र वरपर बस्ने केहि यौनकर्मीको अन्तरबार्ता लिइएको थियो |
उक्त कार्यक्रममा राति ठमेल, रत्नपार्क र त्यहाँ वरपर कसरि मानिसको एक रातको लागि किनबेच हुन्छ भन्ने कुरा सबै देखाइएको थियो | उक्त कार्यक्रममा प्रायले काठमाडौँ आएर केहि काम नपाएकोले बाध्य भएर यो काम गर्नु परेको बताएका थिए |
हो नपढेका, गाउँबाट भर्खर आएका हरुको लागि काठमाडौँ मा बस्न गाह्रो छ | पढ्दै गरेका, जाने बुझेका मानिस हरुले पनि काठमाडौँमा काम नपाउदा कति बाध्य भएर आफ्नो हाता मुख जोर्नको लागि भए पनि यौन कर्मी बनेका छन् | काठमाडौँ को विभिन्न कलेज मा पढ्ने युबतीहरु पनि आर्थिक अभाबले गर्दा यौनकर्मी बन्ने गरेको उदाहरण भेटिन्छ |
तर आर्थिक हिसाबले सम्पन्न युबतीहरु पनि एक रातको ५०,००० लिएर यौन कर्मी ( कल गर्ल) को काम गर्छन भन्दा पत्याउन गाह्रो पर्ला | लगभग १ बर्ष भन्दा अगाडी पनि लाहुरेको छोरीहरुले यस्तो कार्य गर्ने गरेको खुलाशा बिभिन्न पत्र पत्रिकाले गरेका थिए |
एबीसी टेलिभिजनले देखाएको एक भिडियोमा यस्तै एक घटना सार्बजनिक भएको छ | १ रातको ५०,००० लिने गरि कलेज पढ्ने सिंगापुरे लाहुरेका छोरीहरु यौन कर्मी बनेका छन् | उनीहरुलाइ पैसाको धेरै कमि त नहोला | तर किन यसरि यौनकर्मी बने त ?
गत शनिबार बेलुकी नक्सालको टाउन प्लाजामा छापा मारेर प्रहरीले दुई किशोरीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई पक्रयो। हाइ प्रोफाइललाई केटी सप्लाइ गर्नेहरु रहेछन् उनीहरु। क्यासिनो र स्टार होटलहरुमा गएर प्लस टु र स्कूले विद्यार्थीहरु आफूसँग रहेको भन्दै एक रातको ५० हजार रुपैयाँ लिएर केटी मिलाउने काम गर्दा रहेछन् उनीहरु।
केटीहरुलाई भने उनीहरुले बढीमा १० हजार मात्रै दिने रहेछन्। सोमबार एउटा न्युज च्यानल एबीसीले यही विषयमा विशेष समाचार दिएको थियो।

आगामी नयाँ वर्ष २०७५ सालको वार्षिक राशिफल

आगामी नयाँ वर्ष २०७५ सालको वार्षिक राशिफल


समग्रमा मेष राशि भएका व्याक्तिहरुका लागि २०७५ साल फलदायि रहनेछ। आश्विन १८ गतेसम्म तुला राशि (सप्तम भाव)मा गोचर गर्ने बृहस्पतिको अनुकुल प्रभावले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ। बिशेष गरि पर्यटन, यात्रा,स्कुल, कलेज,बैक तथा बित्तिय जस्ता क्षेत्रमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । समाजमा राम्रा तथा परिणाममुखि काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ।
रोजगारको खोजिमा हुनेहरुले नोकरिमा प्रवेश पाईनेछ । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । व्यापार बिश्तार तथा अध्ययनको शिलशिलामा देश बिदेशको यात्रा हुनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने लामो समय देखि माया प्रेम गर्ने जोडिहरुले आफ्नो प्रेम सम्बन्ध बिवाहमा परिणत हुनेछ ।
आश्विन १९ गते (कष्ट)भावमा प्रवेश गर्ने बृहस्पतिले र वर्ष भरिनै भाग्य भावमा गेचर गर्ने शनिले धार्मिक यात्रा तथा शैक्षिक यात्रा हुने भए पनि आफन्त तथा घर परिवारमा नराम्रा घट्नाको सामना गर्नु पर्नेछ । नोकरि छुट्ने तथा राज्य पक्षबाट अनाबस्यक लाल्छाना तथा आरोप लाग्ने हुदा सजक रहनुहोला । व्यापारमा मन्दि आउने तथा महंगा बिलाशी बस्तुहरु हराउने प्रवल सम्भावना रहेकोछ । भौतिक सम्पति प्रयोग गर्दा वा सवारि साधन चलाउदा ख्याल गर्नुहोला शरिरमा चोटपटक लाग्नेछ । फाल्गुन १९ गतेबाट भाग्यभावमा प्रबेश गर्ने बृहस्पतिले लामो दुरिको अध्ययन तथा धार्मिक यात्रा हुनेछ ।
फाल्गुन ९ गतेसम्म कर्म भावमा रहने केतु र शुख भावमा रहने राहुले व्यावसाय तथा नोकरिमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । फाल्गुन ९ गते पछि पराक्रम भावमा प्रबेश गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले खेलकुद तथा पराक्रमि क्रियाकलापहरुमा सहभागि भई नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनितिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ ।
राशि स्वामि मंगल बैसाख २६ गते सम्म धनु भाग्यभावमा शनि सँग गोचर गर्ने हुनाले आट तथा पराक्रम बढेर जानेछ भने कन्फिडेन्ट पावर तथा लिडरसिप क्षमतामा बृद्धि हुनेछ । शनि र मंगलको यूक्तिले सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना नहोला भन्न सकिन्न । बैसाख २७ गतेबाट कार्तिक २२ गते सम्म राज्यभावमा गोचर गर्ने उच्च मंगलले रुचक योगको निर्माण गर्ने हुनाले समाजमा प्रतिष्ठित काम गरि नाम कमाउन सकिनेछ । नोकरिमा प्रबेश पाई राज्यको उच्च पदमा आसिन रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । कार्तिक २३ गतेबाट पौष १० गते सम्म लाभ भावमा गोचर गर्ने मंगलले आरोग्ग तथा धन धान्य प्राप्त हुनेछ।
खनिज पदार्थ तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । घर जग्गा तथा भौतिक सम्पति जोड्न सकिनेछ । पौष ११ गतेबाट माघ २४ गतेसम्म बिदेश भावमा गोचर गर्ने मंगलले लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा नियूक्ती हुनेछ । खर्च बढेता पनि उपलब्धिमुलमक कामहरु हुनेछन् ।
माघ २५ गतेबाट चैत्र १० गतेसम्म लग्नमा स्वगृह भएर पुनह रुचम योग बनाउने मंगलले बिशेष गरेर सुरक्षा क्षेत्रसँग सम्बन्धित जागिरमा नियुक्ती तथा बढुवा हुने योग रहेकोछ । चैत्र १० गते पछि कुटुम्ब भावमा जाने मंगलले बोलिमा कठोरता ल्याउने तथा आफन्त सँगको सम्बन्धमा चिसोपनाको बिकास हुनेछ । आर्थिक दृष्टिले असार,असोज,माघ तथा फाल्गुन महिना मेष रासि हुँनेहरुका लागि शुभ रहनेछ।
मेष राशि भएका व्याक्तिहरुले प्रत्यक मंगलाबार गणेष भगवानको पुजा तथा आराधना गरि गणेष भगवानलाई खुसि बनाउन सके कामहरु समयमा सम्पन्न हुनेछ। शनिको लागि बिश्नुको पुजा तथा पीपलमा जल चडाउनाले र बृहस्पतिको लागि बंगलामुखिको दर्शन गर्ने र राहु केतुको लागि बटुक भैरभको पुजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पुजा गर्नाले लाभ मिल्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
बृष रासि भएका व्यक्तिहरुका लागि संघर्षमय पुर्वाद्धको समय पार गर्दै उत्तराद्धको समय फलदायि रहनेछ । कष्ट भावमा गोचर गर्ने वा वर्ष भरिनै शनिको अढैयाको प्रभावले घर परिवारमा बिषेश गरि पति पत्निबिच दुरि बढ्नेछ भने घरायसि कुरामा आफन्तविच शैद्धान्तिक विषयमा राय बाजिनेछ । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन्।
व्यापार व्यावसायमा लगानि गरे अनुसार प्रतिफल पाउँन मुस्किल रहेकोछ। सरकारि ओहोदामा बसेर सेवा प्रवाह गर्ने व्याक्तिहरुबाट अनाबस्यक झन्झट व्यहोर्नु पर्नेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँने हरुले नसा सम्बन्धि समस्या तथा प्यारालाईसिस तथा ग्यास्ट्रिकको समस्या झेल्नु पर्नेछ।
फाल्गुन ९ गते सम्म पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले केहि शुभ संकेतहरु प्रदान गर्नेछ । छिमेकिसँगकोे सम्बन्धमा सुधार ल्याउँनुको साथै दाजदुभाईको सहयोगमा छोटो तथा लामो दुरिको यात्रा हुनेछ।
सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निणर्यहरु तपाईकै पक्षमा हुनेछन् । भाग्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ। फाल्गुन ९ गते पछि कुटुम्ब भावमा गोचर गर्ने राहु तथा अष्टम भावमा गोचर गर्ने केतुले अचानक धन सम्पति हात लागि हुने भएपनि लामो समय सम्म चल्ने रोगको बृद्धि नगराउला भन्न सकिन्न।
आष्विन १९ गते सम्म छैटौ वा सत्रु घरमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले सामान्यत व्यावसायमा लगानि गरिहाल्ने समय रेहेकोछैन । हरेक क्षेत्रमा प्रतिस्पर्धिहरु हावि हुँन सक्छन् भने ऋण लाग्ने तथा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आयपनि पनि आष्विन २० गतेबाट बृहस्पतिले रासि परिवर्तन गरि सप्तम भावमा जाने हुँनाले व्यापार व्यावसायमा थप लगानि गर्ने वाताबरण बन्नेछ भने व्यावसायमा सहभागि हुँनेहरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन्।
आफुलाई मन परेको मानिससँग वा पति पत्निका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन्। खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाई लेखाईबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाईलो पारिवारिक यात्राको अधिक सम्भावना रहेकोछ भने व्यापार बिस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश बिदेशको यात्रा गर्न सकिनेछ।
राशि स्वामी शुक्र बैसाख ६ गतेबाट बैसाख मसान्त सम्म लग्नमा गोचर गर्ने स्वगृह शुक्रले मालव्य योगको पनि निर्माण गर्ने हुनाले सवारि साधन तथा बिलाशी सामानको प्रयोग गर्न पाईने तथा मन परेको मानिस वा जीवन साथिको सुख प्राप्त हुनेछ।
भाद्र १९ गतेबाट कार्तिक ५ गतेसम्म र मंसिर १३ गतेबाट पौष १८ गतेसम्म प्रतिष्पर्धा भावमा स्वगृह भई गोचर गर्ने शुक्रले न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् भने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ।
आर्थिक दृष्टिकोणले साउँन कार्तिक फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेकोछ। प्रत्येक शुक्रबार ईन्द्रयणि देविको दर्शन,पुजा आराधाना गर्नाले र शनिको अढैया तथा नकारात्मक प्रभावबाट बच्नको लागि बिश्नु भगवानको पुजा तथा आराधना गर्ने,पीपलमा हरेक शनिबार जल चडाउँने गर्दा लाभ मिल्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिथुन रासि हुँनेहरुका लागि पुर्वाद्धको समय परिणाम मुखि काम गर्दै मध्यकाल संघर्ष मय हुदै उत्तराद्धको समय शुभ रहनेछ। आष्विन १९ गतेसम्म पञ्चम(बिद्या, बुद्धि, सन्तान) भावमा गोचर बृहस्पतिले घर जग्गा, हाउजिङ तथा सवारि साधनको कारोबार तथा खरिद बिक्रिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ।
कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ। शेयर बजार तथा सट्टाको व्यावसायबाट सन्तोष जनक आम्दानि गर्न सकिनेछ। राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन्। व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नती हुँनेछ।
बंश बृद्धिको गतिलो योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ। खोज तथा अनुशन्धानको क्षेत्रमा निरन्तर लागि पर्ने बिद्यार्थी वा रिसर्च पर्सनका लागि समय फलदायि रहेकोले उत्कृष्ट नतिजाका साथ समाजमा ईज्जत प्रतिष्ठा बढेर जानेछ। फाल्गुन १९ गते पछि सम्तम भावमा प्रबेस गर्ने बृहस्पतिले घर परिवारमा शुभ तथा मांगलिक कार्यहरु हुनेछन्। प्रेम सम्बन्धलाई निकास दिन सकिनेछ।
आष्विन १९ गतेदेखि फाल्गुन १९ गतेसम्म ऋण,रोग तथा सत्रु घरमा प्रबेश गर्ने बृहस्पतिले र वर्ष भरिनै सप्तम भावमा गोचर गर्ने शनिले कुनै पनि मुद्दा मामिला तथा बिवादमा सहभागि भए हारिने सम्भावना रहेकोछ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ।
साझदारि व्यावसायमा साझेदारहरु बिचनै शैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ।जण्डिज,सुगर,मोटोपन,पथ्थरि तथा मृर्गौला जस्ता रोगबाट पिडित हुनेहरुले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने जीवन साथि सँग मनमुटाब सिर्जना हुनेछ। लामो दुरिको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला।
फाल्गनु ९ गते सम्म धन भावमा गोचर गर्ने राहु र अष्टम भावमा गोचर गर्ने केतुले खर्चको तुलमाना आम्दानि कमजोर रहने हुनाले व्यापार व्यावासायमा थप लगानि गर्ने बाताबरण टरेर जानेछ । आफन्त तथा कुटुम्ब सँग भौतिक सम्पतिको बाडफाडमा बिवाद हुनेछ।
पुरातन सस्कृतिलाई लत्याएर अग्रगामी छलाङ मार्न खोज्दा सहयोग तथा समर्थनको अभावमा चाहको गन्तब्य पत्ता लगाउन मुस्किल पर्नेछ । भातिक सम्पति तथा स्रोत साधनको प्रयोग गर्न नजान्दा दुर्घटना नहोला भन्न सकिन्न । फाग्गुन ९ गते पछि लग्न भावमा गोचर गर्ने राहु र सप्तम भावमा गोचर गर्ने केतुले मानशिक अस्थिरता बढाउदछ भने सवारि साधन हराउने तथा चोरि हुने सम्भावना रहेकोछ।
रासि स्वामि बुध बर्षको सुरुबाट बैसाख २५ गते सम्म निचो भएर कर्मभावमा गोचर गर्ने हुनाले बाणिमा कठोरता आउने तथा आमाको स्वास्थमा समस्या देखा पर्नेछ । जेष्ठ २६ गतेबाट असार ११ गतेसम्म लग्नमा स्वगृह भएर भद्र योगको निर्माण र असोज ३ गतेबाट असोज १९ गतेसम्म चौथो भावमा प्रबेस गरि पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ भने राजनिति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ। कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने बोलेरै धेरै कामहरु गर्न सकिनेछ।
प्रतिकुल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगालामुखिको भक्तिभावका साथ पुजा तथा आराथना गर्नाले लाभ मिल्नछ। आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,मंसिर र चैत्र महिना उत्कृष्ट रहनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कर्कट रासि हुँनेहरुका लागि यो वर्ष बिभिन्न अवसरहरुको सदुपयोग गरि जीवनमा उल्लेख्य सुधार गर्दै अगाडि बढ्न सकिने समय रहेकोछ । आष्विन १९ गते सम्म शुख भावमा गोचर गर्ने बृहस्पतिले आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । कृषि तथा चौपाया व्यावसायमा लगानि बढाई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।
घरजग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने स्थाई सम्पति जोड्ने समय रहेकोछ । आष्विन १९ गतेदेखि फाल्गुन १९ गते सम्म बिद्या भावमा गोचर गर्ने बृहस्पतिले बिद्यार्थिहरुले पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् । शेयर बजार,अध्ययन अध्यापन,बैक तथा बित्तिय क्षेत्रमा समय खर्चिने हरुले राम्रो प्रगति गर्न सक्नेछन् भने नोकरिमा बढुवा हुँने योग रहेकोछ । माया प्रेमका कोपिलाहरु फक्रिनेछन् भने सुयोग्य बर बधुको लगन गाठो बाधिनेछ । फाल्गुन १९ गते पछि सत्रु भावमा प्रबेस गर्ने बृहस्पतिले ऋण, रोग तथा सत्रुको बृद्धि गर्नेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
वर्षभरिनै छैटौ भावभा गोचर गर्ने शनिले बादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रहि काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुन्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागि यो वर्ष फलदायि रहनेछ । सामाजिक मर्यादा तथा निति निययको पालन गरि काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । मावलि तथा मामा पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।
फाल्गनु ०९ गते सम्म लग्नमा गोचर गर्ने राहु र पत्नि स्थानमा गोचर गर्ने केतुले तपाई आफ्नै कारणले कामहरु बिग्रनेछन् । आफन्तहरु टाडिने तथा साझेदारि व्यावसायमा केहि उतारचढाब आउनेछ । फाल्गुन ०९ गते पछि बिदेश भावमा जाने राहु र छैटौ भावमा प्रबेस गर्ने केतुले अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले बैसाख,जेष्ठ,असोज, मंसिर महिना राम्रो रहेकोछ । बंगलामुखि देबिको पुजा तथा आराधना तथा शनिबार बिश्नुको पूजा तथा पिपलमा जल चडाउँला लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागि बटुक भैरबको पुजा तथा आराधाना गर्दा लाभ मिल्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सिंह रासि भएका हरुका लागि समग्रमा समय राम्रो रहेकोछ । आष्विन १९ गतेसम्म पराक्रम भावमा रहने बृहस्पतिले यात्राको क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध बिग्रनेछ भने कुटुम्बजनसँग झै झगडाको योग बन्नेछ । बिचौलियाहरुको प्रभावमा परि तपाईबाट नराम्रा निर्णयहरु हुन सक्छन् ध्यान दिनुहोला । सरकारि पद धारण गरि सेवा प्रबाह गर्नेहरुबाट अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । आष्विन १९ गतेपछि फाल्गनु १९ गतेसम्म सुख भावमा गोचर गर्ने बृहस्पतिले घर जग्गा तथा भौतिक सम्पति जोड्न सकिनेछ ।
पैत्रिक सम्पति आफ्नो नाममा आउने योग रहेकोछ । नाफामुखि व्यावसाय भन्दा सेवामुखि व्यावसाय फस्टाएर जानेछ भने प्र्रयत्न गर्दा राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई बिवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । फाल्गुन २० गतेबाट पञ्चम भावमा प्रबेश गर्ने बृहस्पतिले शेयर बजार तथा बैकिङ क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् । बौद्धिक क्षेत्रमा सामेला भई आफ्नो तार्किक भनाई प्रश्तुत गर्ने अवसर जुर्नेछ ।
फाल्गनु ९ गतेसम्म खर्च भावमा गोचर गर्ने राहु र छैटौ भावमा गोचर गर्ने केतुले औषधि उपचार खर्च बढाउँने तथा सुखमा कमि गर्ने तथा पशु चौपायबाट हानि हुँनेछ । घर छोडि देश बिदेशको यात्रा हुँनेछ भने राज्यबाट अपमान,दण्ड तथा जरिवाना सहनु पर्नेछ । प्रतिश्पर्धिहरु तथा सत्रुहरु हाबि हुँनेछन् । काममा वा व्यावसायमा बिध्नबाधाहरु गर्नेहरुले सताउँन सक्छन् । आँखामा कष्टको अधिक सम्भावना रहेकोछ । फाल्गनु ९ गतेपछि आयभावमा प्रबेस गर्ने राहु र पञ्चम भावमा प्रबेश गर्ने केतुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । कुटनिति तथा राजनिति क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समयले साथ दिने हुदा नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेकोछ ।
वर्ष भरिनै (बिद्या, बुद्धि, सन्तान) भावमा गोचर गर्ने शनिले मानशिक अश्थिरता बढ्नेछ भने योजनाहरु कार्यान्वयनको चरणमा लैजान मुस्किल पर्नेछ । सन्तान तथा आफन्त सँग मतभेद रहनेछ । स्वास्थ्यमा नसा तथा ग्याट्रिक सम्बन्धि समस्याले सताउनेछ । अध्ययनमा मन जाने भएपनि शनिको प्रभावले भनेजस्तो नतिजा आउनेछैन । राशि स्वामी सूर्य पौस महिना भरि शनि सँग पञ्चम भावमा गोचर गर्ने हुनाले बुवाको स्वास्थमा समस्या आउनेछ।
बृहस्पतिको नकरात्मक प्रभावबाट बच्न देबि तथा बंगलामुखिको पूजा तथा आराधना गर्ने शनिदेवलाई खुसि पार्नको लागि बिष्नुको पूजा तथा आराधना, पीपलमा जल चडाउँने, राहु तथा केतुको लागि भैरबको दर्शन तथा आराधना गर्नुपर्दछ । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ महिना राम्रो रहेकोछ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
कन्या रासि हुँनेहरुका लागि समग्रमा यो वर्ष राम्रो रहेकोछ । आष्विन १९ गतेसम्म धनस्थानमा र आष्विन १९ गतेपछि पराक्रम भावमा जाने बृहस्पतिले समाजसेवा तथा राजनिति गर्नेहरुले जनताको गतिलो समर्थन पाउँनेछन् भने राज्यबाट पद पाउँने अधिक सम्भावना रहेकोछ ।
उन्सेलिङ,मोटिभेसन,गाएन तथा संगितको क्षेत्रबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । सांगितक कार्यक्रमकै शिलशिलामा देश बिदेशको यात्रा हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसायमा समय खर्चिने हरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । कुनै पनि काम गर्न जोस जागर आउँने तथा ईच्छाशक्तिमा बृद्धि भएर जानेछ । माया प्रेममा फक्रन लागेका कोपिलाहरुलाई बिबाहमा परिणत गरि घरजम गर्न सकिनेछ । घर परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाईने हुँनाले मन प्रशन्न रहनेछ ।
फाल्गुन ९ गतेसम्म लाभस्थानमा गोचर गर्ने राहुले र पञ्चम भावमा गोचर गर्ने केतुले अकस्मात धन तथा भौतिक सम्पति लाभ हुँनेछ भने ईष्टमित्रहरुबाट सहयोग प्राप्त हुँनेछ । प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गरि प्रशस्त आम्दानि गर्न सकिने तथा सरकारि धन तथा सम्पति प्राप्त हुँनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको थाल्नु भएको काम र चाल्नु भएको कदममा साथ रहनेछ । बिवादित बिषयलाई टुङग्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । फाल्गुन १९ पछि कर्म स्थानमा प्रबेश गर्ने राहुले र शुख भावमा जाने केतुले मान सम्मानमा अकस्मात बृद्धि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतिर रुचि बढ्नेछ भने भुमि लाभ हुनेछ ।
फाल्गुन १९ पछि सुख भावमा प्रबेश गर्ने बृहस्पति र वर्ष भरिनै सुख भावमा गोचन गर्ने शनिको अढैयाको प्रभावका कारण सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेकोछ । यात्राका सवालमा केहि कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । आम्दानिमा कमि हुँने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । घर जग्गा तथा पैत्रिक सम्पतिमा बिवाद हुने योग रहेकोछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनाबस्यक दुख दिनेछन् तर जन्म कुण्डलिमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुँनेछ ।
राशि स्वामि बुध जेष्ठ २६ गतेबाट असार ११ गतेसम्म कर्मस्थानमा स्वगृह भएर भद्र योगको निर्माण र असोज ३ गतेबाट असोज १९ गतेसम्म लग्न भावमा प्रबेस गरि पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारि साधन जोड्न सकिनेछ भने राजनिति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावमा बृद्धि हुनेछ भने बोलेरै धेरै कामहरु गर्न सकिनेछ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायि रहनेछन् । आर्थिक दृष्टिकोणले असार,साउँन,मंशिर तथा फाल्गुन राम्रो रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
यो वर्ष तुला राश हुने हरुका लागि उत्साहजनक बर्ष रहनेछ । वर्ष भरिनै पराक्रम भावमा गोचर गर्ने शनिले व्यापार व्यावसायमा शुक्ष्म व्यावस्थापन तथा समयको सदुपयोग गर्दै लगानि गर्ने बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । न्यालय फाईनान्स,चार्टर एकाउन्टेन,मेडिकल र वकालत पेशा व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । छिमेकि तथा दाजुभाईबाट सहयोग तथा समर्थन पाईने हुनाले मन प्रशन्न रहनेछ । खेलकुद तथा पराक्रमि क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश बिदेशको यात्रा गर्न सकिनेछ।
फाल्गुन ९ गतेसम्म राज्यभावमा गोचर गर्ने राहु र शुख भावमा गोचर गर्ने केतुले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ। सांगठनिक बिस्तार तथा प्रशिक्षण कार्यक्रमकै सवालमा देश बिदेशको यात्रा हुनेछ । कुटनितिको कारक राहु स्वयम् राज्यभावमा गोचर गर्ने हुनाले राजदुत तथा परराष्ट्र जस्ता क्षेत्रमा पद पाईने तथा स्थानान्तरण हुनेछ । पशुपालन तथा कृषि व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ।
त्यस्तै शुख भावमा गोचर गर्ने केतुले घर जग्गा, हाउजिङ, ढुङगा माटो वा कन्ट्रक्सनको क्षत्रेमा समय लगानि गर्नेहरुका लागि अकस्मात धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । किर्तिमानि काम गरि प्रशिद्धि कमाउँन सकिनेछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सवारि साधन तथा भुमि प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फाग्गुन ९ गते पछि भाग्यभावमा प्रबेश गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपस्थिति रहनेछ । भाग्यले साथ दिने हुदा सानो सानो प्रयत्नले सकारात्मक तथा उपलब्धि मुलक कामहरु हुनेछन्।
आष्विन १९ गतेसम्म प्रथम भावमा गोचर गर्ने बृहस्पतिले कामहरु समयमा नसकिने तथा बिलम्ब हुने हुनाले मान सम्मानमा कमि हुनेछ । नितिनियम नमान्दा वा नियम संगत काम नगर्दा राज्यबाट दण्ड तथा जरिजाना हुनेछ । आष्विन १९ गते पछि फाल्गुन १९ गते सम्म धन स्थानमा रहने बृहस्पतिले परिस्थिति अनुकुल बन्ने तथा भाग्ले साथ दिनेछ । स्कुल,कलेजत तथा बित्तिय क्षेत्रमा गरिएको लागानि फस्टाएर जानेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने बिबाह गरि घरजम गर्न सकिनेछ।
राशि स्वामि शुक्र बैसाख ६ गतेबाट बैसाख ३० गतेसम्म अष्टम भावमा स्वगृह भई बस्ने हुुनाले नसोचेको धन तथा सम्पति लाभ हुनेछ । चिट्ठा पर्ने तथा उपाहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ । फेन्सि तथा बिलाशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । साउन १६ गतेबाट भाद्र १७ गतेसम्म र कार्तिक ६ गतेबाट मंसिर १२ गतेसम्म खर्चभावमा निचो भएर गोचर गर्ने शुक्रले उपचार खर्च बढ्ने तथा कष्टकर यात्रा पनि हुन सक्छ ध्यान दिनुहोला । भाद्र १८ गतेबाट कार्तिक ५ गतेसम्म र मंसिर १३ देखि पौस १७ गतेसम्म प्रथम भावमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गरि आर्थिक अवस्था मजभुत पार्न सकिनेछ । घर जग्गा तथा सवारि साधन जोडिनेछ भने घर परिवारमा शुभ तथ मांगलिक कार्य हुनेछ।
आर्थिक दृष्टिकोणले साउँन, भाद्र,पौस तथा चैत्र अनुकुल रहेकोछ । प्रतिकुल समयमा देबि तथा बंगलामुखिको दर्शन, पुजा तथा आराधना, तथा बृहस्पतिको मन्त्रजप गरि समयलाई फलदायी बनाउन सकिनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
यो वर्ष पुर्वाद्धको समय संघर्षमय रहेपनि उत्तराद्धको समय उत्साहजनक रहनेछ । आष्विन १९ गतेसम्म खर्च भावमा गोचर गर्ने बृहस्पतिले लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुनेछ । नोकरिमा आफ्नो कार्य क्षमता देखाउन नसक्दा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । स्वास्थ्या समस्या देखिने हुदा उपचार खर्च बढेर जानेछ भने आखामा समस्या आउनेछ । बिशेष गरि कोल्डस्टोर, कलेजो, जण्डिज तथा सुगर रोग भएकाहरुले सचेत रहनु होला ।
माया प्रेममा एक अर्कालाई शंकाको नजरले हेर्दा नचाहादा नचाहादै छुट्नु पर्ने अवस्था आउँनेछ । आष्विन १९ गतेपछि फाल्गुन १९ सम्म जन्म रासिमा बृहस्पतिको आगमनले सुधारका संकेतहरु देखिनेछन् । फाल्गुन १९ गते पछि धनस्थानमा जाने बृहस्पतिले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्र,न्यायिक निकाय, एकाउन्टेन जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पति जोड्ने योग रहकोछ ।
फाल्गुन ९ गतेसम्म भाग्यभावमा गोचर गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले बिभिन्न अवसर आउँने र ति अवसरलाई सदुपयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा पदोन्नतीको वा अनुकुल ठाउँमा स्नानान्तरण हुँनेछ । प्राकृतिक तथा सरकारि स्रोत साधन तथा पैतृक धनको प्रयोग मार्फत प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा कुटनितिको क्षेत्रमा समय खर्चिनेहरुका लागि देश तथा जनताकै कामको लागि देश बिदेशको यात्रा हुनेछ भने राजदुत,एनजिओ,आईएनजिओ,बिदेशबाट सञ्चालित सस्थाहरुमा नियूत्ति तथा स्थानान्तरण हुनेछ ।
बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । नयाँ उद्योग धन्दा तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुँनेछ । भौतिक सम्पति तथा भुमि जोड्ने समय आउँनेछ । कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने नविन कार्यमा मन जानेछ । सत्रु परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने छोटो छोटो यात्रा अधिक हुँनेछ । फाल्गुन ९ गतेपछि कष्टभावमा जाने राहु र धन भावमा जाने केतुले अकस्मात धन सम्पति बृद्धि हुने योग रहे पनि भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा बिषेश ख्याल गर्नुहोला ।
वर्ष भरिनै शनिको अन्त्य शाढेशाति दशाको कारणले आर्थिक अवस्था कमजोर रहनेछ भने काममा बिलम्ब हुनेछ । झुटा आरोप लाग्ने तथा मान सम्मानमा कमिको महशुुस हुँनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दुरि बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । हतियार तथा दुर्घटना भई चोटपटक लाग्नेछ भने दाजुभाई तथा जविन साथिसँग मनमुटाव बढ्नेछ । तरपनि जन्मकुण्डलिमा शनि उच्च,स्वगृह,मित्रगृह तथा ३,६,११ भावमा भए काम तथा अध्ययनको शिलशिलामा देश बिदेशका यात्रा हुँनेछ । आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,असोज,माघ महिना अनुकुल रहेकोछ । बंगालामुखिको पुजा तथा आराधना तथा शनिलाई खुसि पार्नको लागि बिश्नुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धनु रासि भएका व्याक्तिहरुलाई पुर्वाद्ध तथा मध्यकाल उत्साहजनक रहेपनि उत्तराद्धको समय केहि संघर्षमय रहनेछ । आष्विन १९ गतेसम्म आएभावमा गोचर गर्ने बृहस्पतिको प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुँनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सरकारि तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त आम्दानि गर्न सकिनेछ ।
स्कुल कलेज ,बैक तथा बित्तिय क्षेत्रमा गजरिएको लगानि फस्टाएर जानेछ । बिद्यार्थिवर्गहरुले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्र्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको शिलशिलामा देश बिदेशको यात्रा हुँनेछ । माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन् ।
लामो दुरिको धार्मिक यात्रा हुँनेछ भने परोपकार जन्य काममा सहभागि भईनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेकोछ । ईच्छित चाहना तथा मनोकामनाहरु पुरा हुँनेछन् । आष्विन १९ गतेपछि खर्च भावमा जाने बृहस्पतिले स्वास्थ्यमा समस्या आउनेछ । कोल्ड स्टोर,जन्डिज,कलेजो तथा मोटोमन भएका व्याक्तिहरुले बिशष ख्याल गर्नुपर्नेछ । फाल्गुन १९ गते पछि जन्म राशिमा प्रबेश गर्ने बृहस्पतिले व्यापार तथा नोकरिमा बिध्न बाधाको सामना गर्नुपर्नेछ भने राजभए र मानिशिक क्लेश बढ्नेछ । खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ।
वर्षभरिनै शनिको मध्य साडेसातिको प्रभाव रहनेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँनेहरुलाई बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने तथा समयमा काम सम्पन्न नहुँने तथा शरिर कमजोर हुँने समस्या आईपर्नेछ । जन्म कुण्डलीमा शनि स्वगृह, उच्च तथा मित्रगृहमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाम मुखि फल दिनेछ।
फाल्गुन ९ गतेसम्म अष्टम भावमा गोचर गर्ने राहु र धन भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पति तथा सवारि साधनो प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना,चोटपटक,रोगले सताउनेछ । फाल्गुन ९ गते पछि सप्तम भावमा जाने राहु र राशिभावमा जाने केतुले अचानक व्यापार व्यावसायमा बृद्धि हुनेछ भने लामो दुरिको मनोरञ्जानात्मक तथा व्यापारिक यात्रा हुनेछ।
साझदारि व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति जोड्ने समय रहेकोछ । लामो समयदेखिको प्रेम सम्बन्धमा भने माया प्रेममा एक अर्कालाई अबिश्वास तथा शंका गनाले नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउनेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ।
साढेसातिको प्रभाव हुँनेहरुले महांकाल तथा कालि भगवतिको आराधना गरि प्रत्यक शनिबार पपिलमा पानि चडाउँदा फाईदा हुँनेछ । बृहस्पतिको लागि माता बंगालामुखिको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ,असोज,कार्तिक तथा फाल्गुन महिना राम्रो रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मकर रासि हुँने हरुका लागि समग्रमा समय राम्रो रहेकोछ । आविन १९ गतेसम्म राज्यभावमा र फाल्गुन १९ गतेसम्म आए भावमा गोचर गर्ने बृहस्पतिले बृहस्पतिले राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले सम्मानजनक पद प्राप्त गर्नेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुँनेछ । भाग्यले साथ दिने हुँनाले सानो प्रयत्नले ठुलो काम बन्नेछ ।
व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् भने लगानि बढाउँने अवसर जुट्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रका प्रगति हुँनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर जग्गा तथा स्थाई सम्पति जोड्न सकिनेछ । नयाँ कामको खोजिमा रहेकाहरुले नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँनेछ ।
माया प्रेमको सम्बन्ध बिवाहमा परिणत हुँनेछ भने जीवन साथिको सहयोगले बिषेश काम गर्ने अवसर प्राप्त हुँनेछ । फाग्गुन १९ गतेपछि खर्च भावमा जाने बृहस्पतिले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । दिर्घकालिन रोगिहरुले बिशेष ख्याल गर्नुपर्ने समय रहेकोछ ।
फाल्गुन ९ गतेसम्म व्यापार भावमा गोचर गर्ने राहु र राशिभावमा गोचर गर्ने केतुले व्यापार बिश्तारको सवालमा देश बिदेशका यात्रा हुँनेछ भने अकस्मात धन तथापतिमा बृद्धि हुँनेछ । स्वदेशमा उत्पादित सामानहरुको व्यापार व्यावसाय बिदेशमा निर्यात बढ्नेछ भने व्यापार बिश्तारकै शिलशिलामा लामो दुरिको समुन्द्रपारको यात्रा हुनेछ । छोटो समयमा आर्थिक उन्नतति गरि जीवन स्थर उकास्न सकिनेछ।
फाल्गनु ९ गते पछि छैटौ भावमा जाने राहु र खर्च भावमा जाने केतुले खर्च बढाए पनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिदेशी लगानिबाट सञ्चालित सस्थाहरुमा काम पाउने प्रशस्त सम्भावना रहेकोछ भने अफिसिएल यात्रा हुनेछ । बिद्यार्थीहरु अध्ययनकै शिलशिलामा यात्राको तय गर्नुपर्नेछ । भौतिक सम्पति थता सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा होसियार हुँनुहोला दुर्घटना नहोला भन्न सकिन्न।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कुम्भरासि हुँनेहरुका यो वर्ष उत्साह पुर्वक बित्नेछ । आष्विन १९ गतेसम्म भाग्यभावमा र फाल्गुन १९ सम्म राज्यभावमा र फाल्गुन १९ पछि लाभ स्थानमा गोचर गर्ने बृहस्पतिले राजनिति तथा कुटनितिको क्षेत्रमा लामो समय देखि काम गर्नेहरुले राज्यबाट कार्यकारि पद प्राप्तीको योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको ग्रहयोग रहेकोछ । सानो प्रयत्नले ठुलो काम बन्नेछ भने राज्यबाट मान सम्मान तथा ईज्जत प्रतिष्ठा पाईनेछ । कृषि,पशुपालन तथा सहकारी क्षेत्रमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।
स्कुल,कलेज,बैक तथा इन्सुरेन्समा जस्ता क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ लिन सकिनेछ । पैत्रिक सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाहरु त्था सुयोग्ग बर तथा बधुको लगन गाठो कसिनेछ । मातृभुमि छोडेर लामो दुरिको फाईदाजनक धार्मिक तथा शैक्षिक यात्रा हुँनेछ भने पुत्र लाभको गतिलो सम्भावना रहेकोछ ।
फाल्गुन ९ गतेसम्म सत्रु भावमा गोचर राहु र खर्च स्थानमा गोचर गर्ने केतुले मनमा अशान्ति पैदा गर्नेछ भने आँखा तथा स्वास्थ सम्बन्धि समस्या निम्त्याउँनेछ । पुराना रोगहरु बल्झने तथा दीर्घकाल सम्म चल्ने रोग लाग्न सक्छ ध्यान दिनुहोला । मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन रहनेछैन । फाल्गुन ९ गतेपछि राहु पञ्चम भावमा र केतु आएभावमा प्रबेश गर्ने हुनाले धन तथा सम्पतिमा अचानक बृद्धि हुनेछ ।
शेयर बजार, लट्रि तथा सट्टाको कारोबार एक्काशी बढ्नेछ । भाग्य तथा आएमा बृद्धि भई आर्थिक अवस्था मजभुत रहनेछ । वर्षभरिनै शनि अनुकुल हुनाले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनिति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । बिदेशी भाषा तथा बिदेशी सस्कार सस्कृतिको अनुशरण गर्नेशरुका लागि समय उत्तम रहेकोछ ।
बहुमुल्य धातु तथा सवारि साधन जोड्न सकिनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपश्थिति रहनेछ । भुमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुँनेछ भने नोकरिमा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ । आर्थिक दृष्टिकोणले बैसाख साउँन मंसिर,पौस महिना उत्कृष्ट रहेको छ । बिधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखिको पूजा तथा आराधना तथा राहु केतुको लागि बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
यो वर्ष मिन राशि हुनेहरुका लागि सुरुको समय संघर्ष मय रहेपनि अन्तको समय भने उल्लाशमय रहनेछ । आष्विन १९ गतेसम्म कष्ट भावमा रहने बृहस्पतिले स्वास्यमा समस्या आई अत्याधिक खर्च हुनेछ । भौतिक सम्पतिमा बिवाद आउनुको साथै परिवारजन सँग टाडिएर लामो दुरिको कष्टकर यात्रा हुनेछ । व्यावहारिक समस्या बढ्नेछ भने ऋण,रोग तथा संकटको सामना गर्नु पर्नेछ । बिधिबिधान पुर्वक काम नगर्दा राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्ने तथा दण्ड जरिवाना तिर्नुपर्नेछ । आष्विन १९ गतेपछि भाग्यभावमा र फाल्गनु १९ गतेपछि राज्य भावमा जाने बृहस्पतिले खोज तथा अनुशन्धानकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ।
समाजमा गुमेको साख फिर्ता गर्न सकिनेछ भने राजनिति तथा कल्याणकारि क्षेत्रमा समय लगानि गर्नेहरुले राज्यबाट पद पाउने तथा प्रशस्त सेवा सुबिधा पाउने ग्रहयोग रहेकोछ । राज्यको निकाएमा बसेर काम गरिरहेका हरुले अनुकुल स्थानमा सरुवा तथा कार्यकारि पदमा बसि देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सुधार हुने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । कुनै पनि पेशा व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन्।
बिवाह बन्धनमा बाधिने गतिलो योग रहेकोछ भने लामो समय देखि प्रेममा रहेकाहरुले आफ्नो सम्बन्धलाई आत्मियता थप गर्ने अवसर प्राप्त हुनेछ । फाल्गुन ९ गतेसम्म पञ्चम भावमा गोचर गर्ने राहु र लाभ आउँमा आउँने केतुले अचानक धन तथा दौलतको बृद्धि गर्नेछ भने चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिदेशी तथा कुटनितिको क्षेत्रमा रहि काम गर्नेहरुले नया प्रकृतिको काम गरि मनग्गे धन सम्पति जोड्ने समय रहेकोछ।
फाल्गुन ९ पछि सुख भावमा प्रबेश गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुेले बसाई सराई तथा मातृभुमि छोडि अन्य स्थानमा स्थानान्तरण हुने योग रहेकोछ भने जागरि तथा व्यावसायमा अलि बढि चनाखो भएर काम गर्नु पर्नेछ । वर्षभरिनै राज्य भावमा गोचर गर्ने शनिले नोकरि तथा कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय भएपनि उनिहरुका नकारात्मक सोचाई तथा गलत क्रियाकलापहरुलाई चिर्दै सुधारमुखि काम गर्न सकिनेछ ।
कामहरुमा बिलम्ब भएपनि अन्तत प्रतिफल भने उत्साहमुखि हुनेछ । नचाहादा नचाहादै मुद्दा मामिला जस्ता बिवादास्पद बिषयमा सहभागि हुनु पर्ने भएपनि अन्तत छुट्कारा पाईनेछ । आर्थिक दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ पहिना उत्कृष्ट रहेका छन् । बिधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखिको पूजा,आराधन तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउँनाले लाभ मिल्नेछ।

बुटवलको भाटभटेनीमा भिषण आगलागी, आगो अझै नियन्त्रणमा आउन सकेन

बुटवल, २५ चैत । बुटवलको भाटभटेनीमा भिषण आगालागी भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरमा रहेको भागभटेनी सपुरमार्केटमा करिव ४ बजेको समयमा विद्युत सट भएर आगालागी भएको अनुमान गरिएको छ । ईलोक्ट्रोनिक सामानहरु राखेको सुपरमार्केटको पाँचौ तलाबाट आगालागी सुरु भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बुटवल र भैरहवमा बाट आएका दमकलले आगो निमाउने प्रयास गरिरहेको छ । आगोलागीबाट मानविनय क्षती भने नभएको ईलाका प्रहरी कार्यालय बुटवलले जानाकारी दिएको छ ।

दमकलनै छैन जिल्लामा
गएको माघ ४ गते बुटवल–२ मैनामगरस्थित बिहार च्याम्पियन टायर पसलमा आगलागी भयो ।फागुन २ गते बुटवल–संगमपथस्थित शुभ गौतम इन्टरप्राइजेज नामक प्लाष्टिक पसलमा आगलागी भयो । राती लागेको आगो दमकल समयमा नआउदा ३ करोड मुल्यको क्षति भयो । दुई साता अघि बुटवल होराइजन चोकस्थित महाकाली इन्डष्ट्रिज प्रा.लि.मा आगलागी भयो । त्यहाँ पनि आवश्यकता अनुसार वारुणयन्त्र नहुँदा ८० लाख रूपैयाँको धनमाल जलेर नष्ट भयो । र आजपनि बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सपुरमार्केटमा आगालागी भयो । आगो नियन्त्रणको प्रयास अहिले पनि जारी छ ।
गर्मीयाम सुरु हुँदै छ । प्रतिनिधी उदाहरण प्रस्तुत गर्दा दमकल समयमा नआउदा ठुलो क्षति हुँदै आएको छ । जिल्लामा आगालागी भइरहदा आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्किएको छ । जिल्लामा आगालागीका घटना बढेपनि दमकलको संख्या भने न्युन छ । एक वर्ष अगाडि ४ वटा वारुणयन्त्र रहेको जिल्लामा अहिले २ वटा मात्र सञ्चालनमा छन् । त्यसमध्ये पनि प्रदेश राजधानीमा भने एउटामात्रै वारुण यन्त्र छ । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिका गरी २ वटा मात्र दमकल जिल्लामा छन । त्यस्तै बुटवल र सिद्धार्थनगरको २ वटा वारुणयन्त्र बिग्रिएर थन्किएका छन् । नयाँ नगरपालिका र गाउँपालिकाले अझै दमकल खरिद गर्ने बजेटसमेत विनियोजन गर्न सकेका छैनन् । आफूहरूलाई आवश्यक पर्ने गाडीहरू तत्कालै खरिद गरेका स्थानीय तहका जनप्रतिनिधिहरुले दमकल खरिदमा कुनै चासो दिएको देखिँदैन ।
बुटवल उप–महानगरपालिका वारुण यन्त्र उपशाखाका इञ्चार्ज गोकर्ण भट्टराईले दमकल कम हुँदा समयमै पुगेर आगलागी नियन्त्रण गर्न कठिन भएको बताउँछन् । ‘बस्ती बढ्दो छ । बाटाहरू साँघुरा छन् । वारुण यन्त्र कम छन् । जसले गर्दा नियन्त्रणमा कठिनाइ भएको छ,’ उनले थपे, ‘कम्तिमा पनि एक स्थानीय तहले एउटा वारुणयन्त्र अनिवार्य राख्नुपर्छ । अझै प्रदेशको राजधानीसमेत भएको बुटवलमा ३ देखि ४ वटासम्म हुनुपर्छ । अनि बल्ल समयमै आगलागी नियन्त्रण गर्न सकिन्छ ।’
सिद्धार्थनगरका वारुण यन्त्र इञ्चार्ज उमानन्द भण्डारीले चालू अवस्थामा रहेको एउटा दमकल पनि असार मसान्तमा २० वर्ष पुग्ने बताए । सरकारले २० वर्ष पुराना सवारी साधन सञ्चालनमा बन्देज लगाएको छ । जिल्लाका दमकलले आगो नियन्त्रण गर्न नसक्दा ठूलाठूला आगलागीका घटना हुँदा नवलपरासी र कपिलवस्तुबाट दमकल बोलाउनुपर्ने अवस्था छ । टाढाबाट दमकल आउँदा यहाँ धेरै धनजनको क्षति हुन पुग्छ । १ लाख ४५ हजारभन्दा बढी घरधुरी र ८ लाख जनसंख्या रहेको जिल्लामा २ वटा दमकलले काम गनुपर्ने अवस्था छ ।

Thursday, April 5, 2018

एमाले-माओवादी एकता ९ वैशाखमा, यस्तो छ तयारी

काठमाडौं : एमाले-माओवादीले वैशाख ९ गते काठमाडौंमा भव्य सभाको आयोजना गरी पार्टी एकता घोषणा गर्ने भएका छन्। बिहीबार बसेको पार्टी एकता संयोजन समिति बैठकले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसर पारेर एकताको घोषणा गर्ने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए।
उनका अनुसार एकता घोषणासभा भव्य बनाउन दुवै पार्टीले आन्तरिक तयारी गर्ने समझदारी पनि बिहीबारको बैठकमा भएको छ। ‘९ गते लेनिन दिवसमा पार्टी एकता गर्ने समझदारी भएको छ’, बैठकपछि अन्नपूर्णसँग नेता खनालले भने, ‘त्यसदिन हामी एउटा बृहत् सभामार्फत पार्टी एकताको घोषणा गर्छौं। काठमाडौंमा लाखौं मास उपिस्थित हुन्छ। त्यसको तयारीका लागि दुवै दलले आ–आफ्नो पार्टी कमिटी परिचालन गर्ने समझदारी बनेको छ।’
एकता घोषणाका दिन राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा नै नयाँ सन्देश प्रवाह गर्नुपर्ने छलफल पनि बैठकमा भएको थियो। सोहीअनुसार तयारी तीव्र पार्न बैठकले दुवै पार्टी कमिटीलाई निर्देशन गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए। पार्टी एकता संयोजन समिति बैठकपछि आफ्नै निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले एकता घोषणा सभा भव्य रूपमा गर्न दुवै पार्टीले आन्तरिक तयारी गर्ने निर्णय भएको बताएका थिए। ‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्रीजी भारत भ्रमणबाट फर्केपछि एकताका अन्य कुरा टुंग्याएर २२ अप्रिलमा एकता घोषणा गर्ने समझदारी हामीबीच बनेको छ’, उनले भने।
दाहालले त्यसदिन लाखौँ जनताको उपस्थितिमा विशेष र भव्य कार्यक्रमबीच पार्टी एकताको औपचारिक घोषणा हुने पनि बताए। पार्टी एकताका दिन राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा नै नयाँ सन्देश प्रवाह गर्ने उद्देश्यसहितको कार्यक्रम बन्ने उनको भनाइ थियो। ‘पार्टी एकताको दिन नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं’, उनले भने, ‘त्यसदिन शान्ति, समृद्धि र एकताको सन्देश नेपाल र विश्वभरि दिने योजना हामीले बनाएका छौं।’
पार्टी एकताका लागि अझै पनि यी दुई दलबीच एकीकृत पार्टी संगठनमा कुन पक्षका कति नेता समेटिने भन्ने संख्या र चुनाव चिह्नसम्बन्धमा सहमति जुटिसकेको छैन। बिहीबारको बैठकमा यसबारे छलफल हुन नसकेको नेताहरूले बताएका छन्। यो विषय अब प्रधानमन्त्रीको भारत भ्रमणपछि बस्ने संयोजन समिति बैठकले टुंगो लगाउने माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए।
‘अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन निर्माण कार्यदलले दिएको प्रतिवेदनमा प्रारम्भिक छलफल भएको छ, अन्य विषयमा प्रधानमन्त्रीको भारत भ्रमण लगत्तैको बैठकबाट टुंगो लगाउने सहमति छ’, उनले भने।
अध्यक्ष दाहालले पनि राजनीतिक प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको उल्लेख भएको जानकारी दिँदै ‘अब चुनाव चिह्न र बराबरीको कुरा टुंगिएपछि पार्टी एकता हुने बताएका थिए। एमाले वरिष्ठ नेता खनालले दुई पार्टीबीच संगठनको संख्या र चुनाव चिह्नमा ठूलो असमझदारी नरहेको भन्दै यसलाई सहजै मिलाउन सकिने बताए। ‘संगठनमा संख्याको विषयमा कुनै ठूलो विवाद छैन, हामी छलफलमा प्रवेश गरिसकेका छैनौं। अब बस्ने बैठकमा संगठनको संख्याका विषयमा एउटा फर्मुला बनाएर जान्छौं’, उनले भने।
प्रधानमन्त्री ओली शुक्रबार छिमेकी राष्ट्र भारतको तीनदिने राजकीय भ्रमणमा जाँदैछन्। उनी २५ चैतमा काठमाडौं फर्केपछि २७ चैतमा एकता संयोजन समितिको बैठक बस्ने कार्यक्रम नेताहरूले तय गरेका छन्।

Tuesday, April 3, 2018

मदन-यशोदाको प्रेम र परीक्षा//‘बिहे गरेको ३९ वर्षपछि बल्ल मेरो माइतीले उहाँलाई चिन्यो।’


मदन-यशोदाको प्रेम र परीक्षा


Image result for मदन कृष्ण श्रेष्ठ

अहिलेजस्तो जताततै एफएम र टेलिभिजनको हावाहुरी थिएन। रेडियो नेपालबाट थोरै आवाज बज्थे। तिनको वजन गह्रुँगो हुन्थ्यो।
४८ वर्षअघिको कुरा हो। यशोदा सुवेदी कुपण्डोलस्थित घरकै रेडियोमा एउटा गीत सुन्दै थिइन्–
‘म तिम्रो जन्मदिनमा हावा बनी याद बनी 
शुभकामना लिई आउनेछु 
केही छैन प्रिय के लिई आउँ 
खुसी भई लिनु है म जेसुकै ल्याउँ 
मलाई मायाको डोरीले बेरिदिनु 
एकपल्ट मलाई हेरिदिनु’
कुपण्डोलकै रैथाने, कट्टर ब्राह्मण अनि न्यायाधीश बाबुराम उपाध्याय सुवेदीको परिवारमा त्यो केवल रेडियोमा बजेको एउटा गीत थियो। जबकि, छोरी यशोदाको मनमा त्यही गीतले भुइँचालो ल्याइरहेको कसैलाईसुइँको थिएन।
‘मेरो जन्मदिनमा उहाँले लेख्नुभएको गीत थियो,’ यशोदा भन्छिन्, ‘अफिसमै सुनाउनुभएको लाइन रेडियोमा उहाँकै आवाजमा बजिरहेको थियो।’
यसो भन्नेबित्तिकै सोफामा सँगै बसेका ‘उहाँ’ अर्थात् मदनकृष्ण श्रेष्ठ मुसुक्क हाँसे।
मदनकृष्ण र यशोदाको भेट २०२६ सालमा भएको थियो। मदनकृष्णले सञ्चय कोषको जागिर सुरु गरेको तीन वर्ष भइसकेको थियो। उही कोठामा सँगै काम गर्ने गरी एक युवती आइन्। एक वर्ष अन्तरका उनीहरूकोधेरै कुरो मिल्थ्यो। महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्थे मदनकृष्ण र रत्नराज्यमा आइए गरिरहेकी थिइन् यशोदा।
‘सञ्चय कोषमा दुई हात लामो ब्यालेन्स बुक हुन्थे,’ यशोदा सम्झन्छिन्, ‘हाम्रो काम दिनभरि गन्ती गर्ने र एकले अर्काको काम चेक गर्ने।’
छेउमा काम गर्ने मानिस रोचक भइदिए जस्तै कामले पनि दिक्क बनाउँदैन। यी दुईलाई त्यस्तै भयो।
‘फेरि उहाँको बानी कस्तो भने हिसाब गर्दा पनि बीच–बीचमा उट्पट्याङ कुरा निकालेर हँसाइरहने,’ उनले थपिन्, ‘मेरो मात्र के कुरा? अफिसका सबै उहाँ भनेपछि रमाउँथे।’
मदनकृष्ण पनि कम थिएनन्।
‘जीवनमा पहिलोपटक कुनै युवती मन परिरहेको थियो,’ उनी भन्छन्, ‘यिनलाई कसरी खुसी पार्ने होला भनेर म पनि अनेक उपाय निकालिरहन्थेँ।’काम गर्न थालेको केही दिनमै यशोदालाई पत्रिकाहरू पढ्ने इच्छा छ भन्ने भेउ मिल्यो। ‘अब त के चाहियो?’ मदनकृष्ण भन्छन्, ‘म बजारबाट धर्मयुगदेखि फिल्मफेयरसम्म बोकेर लगिदिन्थेँ।’
कुरा यसरी अगाडि बढ्दै गयो, कुनै दिन एक जना आएको छैन भने अर्कोलाई छटपटी हुन्थ्यो। न्याश्रो लाग्थ्यो। एकअर्काको अनुहार सामुन्ने आएपछि बल्ल मनको छटपटीले विश्राम पाउँथ्यो।
उनीहरू परिस्थिति मिलाएर सँगसँगै बाहिर पनि निस्कन थाले।
‘जे कुरामा पनि हँसाइदिने मान्छे,’ यशोदा भन्छिन्, ‘कस्तो रमाइलो मान्छे रहेछ भन्दाभन्दै के के भयो के के...’
कोठामा हाँसो फैलिएकै क्षण मदनकृष्णले झनै घिउ थपे।
‘त्यही त भन्या,’ श्रीमतीतर्फ टाउको घुमाएपछि कपाल कन्याउँदै बोले, ‘हँसीठट्टा गर्दागर्दै फँसीठट्टा भयो बाबा...’
अघिको हाँसो झन् विष्फोटमा परिणत भयो।
त्यो हँसीठट्टा र फँसीठट्टाको बीचमा चार वर्षको अन्तर थियो। अर्थात् २०२६ सालदेखि सुरु भएको रोमान्स २०३० सालमा सुटुक्क सूर्यविनायक मन्दिरमा पुगेर बिहेमा परिणत भयो।घर छाडेर हिँडेका उनलेसाथीभाइसँग मागेको सुटमै बिहे त गरे, तर जाने कहाँ?
उनीहरू न्यूरोडमा डेरा गरी बस्न थाले।
‘त्यो बेला जातपात र अन्तर्जातीय बिहे कस्तो जटिल कुरा थियो भन्ने अहिलेका पुस्ताले सायद पत्याउँदैनन्,’ यशोदाले थपिन्, ‘सोझै भन्नुपर्दा समाजका नजरमा हामीले ठूलै अपराध गरेका थियौं।’
त्यो बेलाको कुपण्डोल बेग्लै थियो। एक घरले अर्को घरलाई नचिनेको भन्ने हुन्थेन। दाउरा बाल्न मकल लिएर पल्लो घरदेखि आगो ल्याउनुपर्थ्यो। ‘यसरी जोडिएको टोलमा मेरो बुवा आफन्त, नातागोता रछरछिमेकबाट समेत अपहेलित बन्नुभयो,’ यशोदा भन्छिन्, ‘मेरो बिहे भएको छ महिनामै बुवाको मृत्यु भयो।’
५२ वर्षकै उमेरमा पिताको मृत्यु हुनुका पछाडि आफू एक मात्र कारण रहेको ठानेर यशोदालाई अहिले पनि नरमाइलो लाग्छ।
बुवा बिरामी परेको खबर बहिनीहरूले ल्याउँथे, यशोदाले केही पनि गर्न सक्दिन थिइन्। माइतीमा आउजाउ नै थिएन।
‘अन्तिम समयमा पुगेर बुवाले मलाई सम्झनुभएको जानकारी पाएँ,’ यशोदा भावुक भइन्, ‘कुदाकुद पशुपति पुग्दा त बुवाको प्राण गइसकेको रहेछ।’
त्यसपछि त उनी आफन्त, नातेदार, टोलछिमेक सबैका नजरमा दोषी भइन्। सबैले यशोदालाई नै औंल्याउँदै ‘उसैले गर्दा बाउ मर्यो’ भन्न थाले। ‘मैले एकसाथ धेरै चोट खप्नुपरेको थियो,’ उनी भन्छिन्, ‘उहाँको मायालेगर्दा हिम्मत भने हारिनँ।’
मदनकृष्णका अनुसार त्योताक मध्यरातमा उठेर पनि यशोदा बेलाबेला माइती सम्झँदै कहालिन्थिन्। उनलाई थुम्थुम्याएर सुताउनुपर्थ्यो।
बिहे भएको एक वर्षपछि आमाले ‘समाजले जे भने पनि भनोस्, आइज’ भनेपछि उनी आमालाई भेट्न पुगेकी थिइन्। ‘जति भने पनि आमाको माया बेग्लै हुन्छ,’ उनले थपिन्, ‘दाइ–भाउजूको घरमा चाहिँ बिहे भएको१४ वर्षपछि मात्र पाइला टेकेको थिएँ।’ यशोदाका दाइ, एक दिदी, दुई भाइ र दुई बहिनी छन्। दाइ प्रथम श्रेणीका सरकारी जागिरे थिए।
उता जन्मघरमा जस्तोसुकै परिस्थिति भए पनि यशोदाको कर्मघर न्यानो थियो। मदनकृष्णको परिवारकाले बिहे भएको दुई सातामै उनीहरुलाई घर डाकेका थिए।
‘बिहे भएको १४ दिनपछि न्यूरोडको डेरामा मेरो माइली फुपूको छोरा आउनुभयो,’ मदनकृष्ण भन्छन्, ‘बुवाले असाध्यै पीर गर्नुभएको सुनाउँदै भेट्न जाने कर गर्नुभयो।’
सुरुमा मदनकृष्णले अप्ठेरो माने। दाइले पनि प्रयास छाडेनन्, ‘तिमीले यसरी बिहे गरेको मलाई चाहिँ खुसी लागेको छ। आफूलाई मनपरेको सँगै बिहे गर्नुपर्छ। मैले मामालाई सम्झाइसकेको छु। तिमीलाई लिएरआउँछु भनेको छु। जाउँ हिँड...’
दाइले कर गरेपछि मदनमा अलिकता साहस पलायो। अहिल्यै गइएन भने पछि झन् एक्लै कसरी जाने भन्ने डर पनि थियो।उनी दाइको पछि लागे।
बिहे गरेर बेपत्ता छोरालाई देखेर बाबु एकछिन त स्तब्ध भए। मदनकृष्णका पिता रामकृष्ण जीतपुरफेदी गाउँमा प्रधानपञ्च थिए। गाउँलेका घरायसी झैझगडा मिलाउने उनकै छोरा घर छाडेर हिँडेका थिए।
त्यसमाथि छोरो मदनकृष्ण उनका यस्ता सन्तान थिए, जसलाई जन्मेको छ महिनामै आमाले छाडेर परलोक गएकी थिइन्। त्यसपछि उनले अर्को बिहे गरे, जसबाट एक छोरा र दुई छोरी भयो।
सायद यी सबै सम्झिएर मदनकृष्णका पिता अचानक भावुक भए।
‘त्यसपछि त उता बाबुछोराको रुवावासी नै चल्यो,’ मदनकृष्ण सम्झन्छन्, ‘यता न्यूरोड डेरामा चाहिँ मलाई अपहरण गरेर थुने होलान् भन्दै उनी पीर मानिरहेकी रहिछन्।’
त्यो परिस्थिति धेरै लम्बिएन।
आफूलाई सम्हालेपछि मदनकृष्णका पिताले हकी स्वर निकाल्दै भनेछन्, ‘लौ, जे हुनु थियो भइगयो। छाडौं। मेरो जेठो छोराको बिहे म कहाँ त्यसरी हुन दिन्छु? मेरी बुहारीलाई पूरा परम्परा र विधिविधानअनुसारैभित्र्याउँछु।’
यसो भनिसकेपछि पिताले काठमाडौंको झोछेँमै आफन्त, नातागोता र सम्पूर्ण समाजलाई निम्त्याएर स्वयंवरदेखि भोजसम्म आयोजना गरे।
‘यसरी मेरो दुईपटक बिहे भएको थियो,’ पुलुक्क हेरेपछि मदनकृष्ण मुस्काउन थाले, ‘एकपटक सूर्यविनायकमा, एकपटक समाजको अघिल्तिर।’
उता यशोदाको माइती खलकमा भने यो 'दोस्रो' बिहे पनि उल्टो अफवाह बनेर पुगेछ। ‘दोस्रो बिहे भन्ने सुनेपछि त झनै आगो चर्कियो,’ यशोदा भन्छिन्, ‘एक त नेवार, त्यसमाथि सौतामाथि गइछ भनेर पो बुझेछन्।’
माइतीको तुलनामा त्यतिबेला उदारता देखाउने ससुराली सम्झँदा यशोदा आनन्द मान्छिन्। ससुराकै कतिपय कदम भने उनलाई अनौठो लाग्छ। जस्तो, कार्डमा छापिएको उनको नाम।
‘हिजोआज बिहेको कार्डमा फलानो श्रेष्ठ र फलानी उपाध्यायको बिहे हुँदैछ भनेर बकाइदा नाम लेखेको देख्दा अचम्म लाग्छ,’ उनले भनिन्, ‘जबकि मेरो बिहेमा त्यत्रो उदारता देखाउँदा देखाउँदै पनि ससुराले मेरोपरिचय छोपिदिनुभएको थियो।’
त्यतिबेला छापिएको कार्डमा बेहुला मदनकृष्ण श्रेष्ठको सम्पूर्ण विवरण उल्लेख गरिएको थियो भने बेहुलीको नाम 'यशोदा मैयाँ' लेखिएको थियो।
उनले हाँस्दै भनिन्, ‘सोच्नुस् त कस्तो भयो होला मलाई!’
बिहे गरिसकेपछि नेवारी संस्कृतिमा भिज्न फेरि उत्तिकै गाह्रो भयो। चाड तिनै थिए, तर बाहुन र नेवार परिवारले मनाउने तरिका केही पनि मिल्दैन थियो।
‘मलाई यताको भोजभतेर, खानपिन सबै अनौठो लाग्ने,’ उनले थपिन्, ‘ससुराले परिस्थिति बुझेर त्यस्ता सबै कामको जिम्मेवारी सासूलाई सुम्पनुहुन्थ्यो।’
ससुरा कतिसम्म उदार र सहयोगी थिए भने, राँगाको मासु चलाउने बेला बुहारीलाई अलग्गै व्यवस्था गर्न लगाउँथे।
विस्तारै विस्तारै यशोदालाई यताको बानी पर्दै गयो।
घर भित्रिएपछि उनी अफिसबाट दुई महिनाको विदा लिएर गाउँ बस्न गइन्। ‘त्यतिबेला मलाई काठमाडौंदेखि ससुराले नै बाटो देखाउँदै लैजानुभएको थियो,’ उनले थपिन्, ‘सहरमा हुर्केबढेकी बुहारीलाई न्याश्रोलाग्ला कि भनेर असाध्यै हेरविचार गर्नुभयो।’
यशोदालाई चाहिँ त्योबेला जीतपुर फेदी गएर बस्दा त्यस्तो अनकन्टारमा कहाँ आइपुगेँ जस्तो भएको रहेछ। ‘माइतीबाट अलग भइसकेपछि अब मेरो संसार यही हो भनेर रमाउनुको विकल्प थिएन,’ यशोदा भन्छिन्, ‘मैले त्यो दुई महिना आफूलाई ग्रामीण नेवार बुहारीका रूपमा सक्दो ढाल्ने कोशिस गरेँ।’
यसरी जटिल परिस्थितिबाट अघि बढेको दाम्पत्य जीवन सम्हाल्न अरूलाई भए मुश्किल हुन्थ्यो होला। तर, यहाँ त मदनकृष्ण पो थिए। मदन पनि र कृष्ण पनि।
उनी श्रीमतीलाई माया मात्र गर्दैन थिए, उनलाई नै उल्लेख गरेर गीत लेख्थे, पढेर सुनाउँथे र रेडियोमा गएर रेकर्ड गरिदिन्थे।
‘अरबौं मानिसहरूमा तिमी एक मन मिल्ने मान्छे 
म मन मिल्ने मान्छेको एउटा संसार नै खोज्ने मान्छे’
मदनकृष्णको एउटा अर्को लोकप्रिय गीत पनि उनले श्रीमतीलाई नै सम्झेर लेखेका रहेछन्।
‘खोलावारि खोलापारि पिपलु र वर 
हावा चल्यो पात हल्ल्यो माया वर वर’
‘नेपाली गीत त थोरै र ठीकठीकै छन्,’ यशोदा भन्छिन्, ‘मलाई असाध्यै मनपर्ने त उहाँका नेवारी गीतहरू हुन्।’
झन्डै सयवटाभन्दा बढी गीत रेकर्ड गराइसकेका मदनकृष्णका थुप्रै प्रेमगीत भए पनि यशोदालाई सबैभन्दा मनपर्ने गीत अर्कै छ। उनले श्रीमानतिरै हेरेर मुस्काएपछि मदनकृष्णले गाउने कोशिस गरे–
‘पसलबाट बिकिसकेको म मान्छे 
आँखाबाट सबको झरेको म मान्छे
गाउँदा गाउँदै मदनकृष्णको स्वर काम्न थाल्यो। उनी थामिए।
‘ख्वै आजकल स्वर पनि राम्ररी निस्कनै छाडेको छ,’ उनले भने, ‘प्रयास गर्नुपर्छ।’
२०२३ सालमै रेडियो नेपालको आवाज परीक्षा पास गरेपछि ज्ञानबहादुर श्रेष्ठको संगीतमा मदनकृष्णले रेकर्ड गरेको यो पहिलो नेपाली गीत रहेछ। आवाज परीक्षा दिनुअघि पनि मदनकृष्णले रेडियो नेपालमा गएरनेवारी गीत गाएका थिए। त्यो २०२२ सालको कुरा थियो। रेडियोमा त्यतिबेला ‘जीवन दगुः’ नामको नेवारी कार्यक्रम चल्ने गर्थ्यो। उनकै पिताले गाउँमा सामाजिक विसंगतिलाई लिएर लेखेको गीत मदनकृष्णले त्यहाँसुनाएका थिए।
शास्त्रीय संगीतमा पकड बनाएका मदनकृष्णलाई गम्भीर गायकका रूपमा पनि लिइन्छ। हार्मोनियममा औंला फिट्दै आवाज निकाल्ने उनले संगीत चाहिँ कसरी सिके?
जवाफमा मदनकृष्ण आफ्नो बाल्यकालतिर फर्के।
बालाजुभन्दा एक घन्टा परको उनको गाउँ जीतपुर फेदी कुनै समय त्रिशूली हुँदै माथि केरुङ अनि गोरखा, पोखरा लगायत सिंगो पश्चिम नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख व्यापारिक नाका थियो। त्यही गाउँकाकहलिएका व्यापारी थिए, मदनकृष्णका जिजु हजुरबुवा।
बाल्यकालमा त्यो गाउँको चहलपहल सम्झँदा उनलाई अहिले पनि रमाइलो लाग्छ। गाउँमा सदैव ओहोरदोहोर गर्ने मान्छेको घुइँचो हुन्थ्यो। अनेकथरी जडिबुटी बेच्न ल्याउनेहरु देखिन्थे। ती जडिबुटी किन्न आउनेहरूपैसाका मुठा बोकेर आउँथे। घरका छिँडीछिँडीमा बास बस्थे।
त्यस्तो सम्पन्न गाउँमा एकदिन अचानक ज्योतिषीहरूको हवाला दिँदै नराम्रो हल्ला फैलियो। हल्लाले भन्थ्यो– फेरि विशाल भुइँचालो आउँदैछ। यो २०१८ सालको कुरा हो। यस्तो हल्लाले गाउँमा उत्पात मच्चियो।९० सालको भुइँचालो भोगेका पाका मानिस ठूलै धार्मिक अनुष्ठान लगाउने निधोमा पुगे। तीन सय ६५ दिनसम्म अखण्ड कीर्तन गर्ने निर्णय भयो। त्यस निम्ति छाप्रो बनाउने काम मदनकृष्णको घरछेउमै भयो। त्यहाँ चौबिसै घन्टा भजन सुरु भयो। तबला र हार्मोनियम बजाएर गाउनेहरूको तलबै तोकिएको थियो।
वर्ष दिनसम्म एक सेकेन्ड रोकिन नहुने त्यो अखण्ड कीर्तनमा ११ वर्षीय मदनकृष्ण पनि गएर बसिरहन्थे। उनले थाक्दै गएका कलाकारसँग कुराकानी गरे। आफूलाई पनि गाउन र बजाउन सिकाइदिए उनीहरूलेबेलाबेला पालो पाउने लोभ देखाए। ती कलाकारले मदनकृष्णलाई हार्मोनियम र तबलामा औंला नचाउन सिकाइदिए। विस्तारै मदनकृष्णले निकालेको स्वर र हार्मोनियमको ताल मिल्दै जान थाल्यो।
त्यसपछि त उनी भजनमा मात्र किन थामिन्थे?
यसरी गीत–संगीतमा लागेका मदनकृष्ण आइकम पढ्ने बेलासम्म काठमाडौंमा ‘स्टार’ भइसकेका थिए। यहाँका डबली र टोलटोलमा हुने सांगीतिक कार्यक्रम भ्याउन कहिलेकाहीँ त दिनमै दुई–तीन ठाउँ पुग्नुपर्थ्यो।नेवारी स्वादमा हाँस्य रस थपेर बनाइएकाले उनका गीत बढी मन पराइन्थे। उनका प्रस्तुतिले सामाजिक विसंगतिमाथि चोटिलो प्रहार गरिरहेको हुन्थ्यो।
पछि मदनकृष्ण आफैं सचिव रहेर अर्को एउटा संस्था ‘मुना सः’ (आवाजको जमघट) सुरु भयो। त्यसमा उनी प्रहसन र गीत प्रस्तुत गर्थे। एकचोटि कार्यक्रम निम्ति नगेन्द्र हाडालाई बोलाउन मदनकृष्ण भक्तपुर पुगे।नगेन्द्र आफू त आएनन्, तर एउटा गीत दिएर पठाए। त्यो गीतमा गायकले पहिला केही लाइन बोलेर आफूलाई दुःखी देखाउनुपर्थ्यो। श्रोताहरू गम्भीर बनेपछि गायकले नेवारीमा गाउने पहिलो लाइनले भन्थ्यो–
‘मरु गणेशको मन्दिरमा गजुर छैन’
गायकले मुख अँध्यारो पारेर यति भनुन्जेल श्रोताहरु स्तब्ध हुँदै ‘अब यसले के भन्ला?’ भनेर कुर्थे।
त्यसपछिको लाइन यस्तो थियो-
‘ए हजुर म एक जनाको अहिलेसम्म एउटा स्वास्नी छैन’
यति भनुन्जेल दर्शक थामिनसक्ने गरी मरी मरी हाँस्न थाल्थे।
‘मलाई संगीतबाट हाँस्यव्यंग्यमा मोड्ने गीतै त्यही भइदियो,’ मदनकृष्ण भन्छन्, ‘२०२८ सालमा यो गीत राष्ट्रिय सभागृहमा गाएपछि त काठमाडौंमा जता गए पनि यो गीत सुनाउने अनुरोध आउन थाले।’
लगत्तै २०३२ सालदेखि प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा कार्यक्रम सुरु भयो। मदनकृष्ण त्यसमा जोडिन पुगे। त्यसै वर्ष उनी सञ्चय कोष छाडेर कृषिमा जागिर खान गए। ६० रुपैयाँ कम तलब पाए पनि कृषिबाट रेडियोमा कार्यक्रम चलाउन पाइन्थ्यो। त्यहाँ जानेबित्तिकै उनले बिबिसीको रेडियो तालिम लिए। बिबिसीले नै उनीहरूलाई एउटा हाँस्यव्यंग्य कार्यक्रम चलाउन तयार पारिदियो। त्यो थियो कुनै बेलाको लोकप्रिय रेडियोकार्यक्रम ‘रसरंग’।
मदनकृष्णको व्यावसायिक जीवनमा यो अर्को महत्वपूर्ण खुड्किलो बन्न पुग्यो।
यसै क्रममा २०३८ सालमा गायक रुबी जोशीले आफू कार्यरत राष्ट्र बैंकको रजत महोत्सवका निम्ति एउटा कार्यक्रमको प्रस्ताव लिएर आए। मदनकृष्ण तयार भए। त्यसै कार्यक्रममा अर्का प्रस्तोता थिए, हरिवंश आचार्य।उनीहरू दुवैले बेग्लाबेग्लै कार्यक्रम देखाउनुपर्ने थियो। तर, राजा वीरेन्द्र प्रमुख अतिथि रहने त्यस कार्यक्रमको समयावधि एकदमै घटाइयो। दुई जना बेग्लाबेग्लै प्रस्तोताको एउटै संयुक्त कार्यक्रम गर्नुपर्ने स्थिति आइलाग्यो। मदनकृष्ण र हरिवंश दुवैले केही समय विचार गरे र अन्तिममा ‘हुन्छ’ भने।
त्यो थियो यो जोडीकै पहिलो प्रहसन ‘बैंकेश्वर’।
प्रहसन गजबसँग जम्यो। त्यसबेलादेखि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एकअर्काका परिपूरक बन्न पुगे। र, हुँदाहुँदा ‘मह’ मा परिणत भए। नेपालको रंगमञ्च इतिहासमा यति प्रभावकारी जोडी सायदै फेरि तयार हुने गरी उनीहरू अहिले पनि उत्तिकै सक्रिय छन्।
सबैका निम्ति मह बन्दै आएको यो जोडीका आफ्नै व्यथा भने कमै खोजी हुन्छ।
मानिसहरू उनीहरूबाट हाँसो खोज्छन्। उनीहरूले पनि बदलामा हाँसो दिँदै आएका छन्। तर, त्यहाँभित्र अनन्त पीडा लुकेर नबसेका होइनन्।
‘हरिवंशको श्रीमती बितेको दिन मलाई जीवनमै सबैभन्दा बिथोलिएको महशुस हुने क्षण हो,’ मदनकृष्ण भन्छन्, ‘त्यो ठूलो क्षति थियो।’
महले त्यसपछि पनि क्षति बेहोर्न जारी राखेको छ।
करिब सात वर्षअघि उनीहरू एउटा फिल्म गरिरहेका थिए- ‘हाँसिदेउ एकफेर’। त्यसमा लड्ने दृश्य थियो। मदनकृष्ण लडे। अचानक उनको कम्मरमा कुटुक्क आवाज आयो।
‘अरूबेला यसरी लड्दा पाँच–दस मिनेटमै निको भइसक्थ्यो,’ मदनकृष्ण भन्छन्, ‘त्यतिबेला चाहिँ अलिदिनसम्मै दुखिरह्यो।’
त्यसको केही दिनमै गाह्रो हुने गरी हात दुख्न थाल्यो। त्यही हात टाउकोमाथि पुर्याएर उठाउँदा दुख्दैन थियो। तल राख्दा सहनै नसकिने। सुत्ने बेला पनि सिरकबाहिर हात ठाडो पारेर राख्नुपर्ने हुन थाल्यो।
हेर्दाहेर्दै विस्तारै खुट्टा पनि घिसारिने हुन थाल्यो। खाना खान खोज्दा चम्चा अर्कैतिर फर्किदिन्थ्यो।
उनी चिकित्सकलाई देखाउन गए। कारण खोज्दै जाँदा त उनलाई ‘पार्किन्सन’ पो भएको रहेछ। यो अब बाँचुन्जेललाई बोक्नुपर्ने रोग थियो, जसले दिन–प्रतिदिन उनका हिँडडुललाई क्षीण बनाउँदै लैजान्थ्यो।पार्किन्सनको पूर्ण उपचार छैन। यसलाई औषधिले रोकथाम मात्र गर्ने हो।
दिमागमा रहेका ‘न्यूरोन’ भनिने महत्वपूर्ण नशाका कोषहरूको खराबी वा तिनको मृत्युले मानिसलाई यस्तो अवस्थामा लगिदिँदो रहेछ। ती न्यूरोनले डोपमाइन नामको रसायन उत्पादन गर्छन्। ती रसायनको कामअंगहरूलाई परिचालित हुन दिमागलाई सन्देश दिनु हो। यस्तोमा जब पार्किन्सनको विकास हुँदै जान्छ, त्यसले क्रमशः डोपमाइन उत्पादन घटाउँदै लैजान्छ। र, बिरामीको शरीरका चालहरू क्रमशः असामान्य बन्दैजान्छन्।
बिरामीका हात, पाखुरा, खुट्टा, बंगारा र अनुहारै पनि काम्न थाल्छन्। पार्किन्सनले गाँज्दै लगेपछि मुटु, फोक्सो, मिर्गौलाजस्ता शरीरका भित्री अंगहरू नै थर्थराउन थाल्छन्। शरीरको चाल ढिला हुँदै जान्छ। मध्यभागकठोर हुदै जान्छ। र, बेलाबेला सन्तुलनै बिग्रेर मानिस लड्न खोज्छ।
यस्तो अवस्थामा औषधिको मात्रा बढाइदिने हो भने रोग केही नियन्त्रण भएजस्तो त देखिन्छ, तर त्यो झनै घातक भइदिन्छ।
त्यसैले एकै जना चिकित्सक र उनैले असाध्यै कम डोजबाट सुरु गरेको औषधिका भरमा मदनकृष्ण सात वर्षदेखि शरीरमा क्रमशः विकास भइरहेको यो रोगसँग लडिरहेका छन्। तीन वर्षअघि जापानकी प्रसिद्धचिकित्सक ताकोमी ताहिरा आएका बेला उनले अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया पनि गराएका थिए।
‘यो रोगका बारेमा यहाँ धेरैलाई थाहै छैन,’ मदनकृष्णले रोगका कुरा गर्दा पनि हँसाउन छाडेनन्, ‘अस्ति जनचेतना जगाउन वाकाथनको निम्ति ट्राफिकमा सम्पर्क गरेको, ‘ए शनिबारको दिन कार्यक्रम गरे भइहाल्छ नि, मारामार पार्किङ भेटिन्छ’ भनेर पो सुनाए।’
पार्किन्सन रोग लागेपछि कतिपय समयमा शरीरका अंगहरू तत्काल चल्न नसक्ने हुँदा मदनकृष्णले हिजोआज गाडी चलाउन छाडेका छन्। उनको हिँडडुल र आवतजावत चालकले सम्हालिदिनुपर्छ।
र, यी सबै कमजोरीलाई सबैभन्दा बढी ढाकिदिएका छन् उनकै जोडी हरिवंश आचार्यले।
‘मेरो शरीरबाट सामान्य संकेत पाउनेबित्तिकै के हुन लागेको हो भनेर उसले थाहा पाइहाल्छ,’ मदनकृष्ण भन्छन्, ‘चाहे स्टेजमा होस् वा बाहिर, उसले तुरुन्ताको तुरुन्तै परिस्थिति सम्हालिदिन्छ।’
तर, दिनप्रतिदिन बढ्दै गइरहेको कमजोरी त थामिनेवाला छैन।
‘विस्तारै स्वर पनि बस्दै जान थालेको छ,’ उनी भन्छन्, ‘आवाज झिनो र नबुझिने हुँदै जाँदो रहेछ।’
उनलाई यो रोगले कहिलेकाहीँ अनौठो परिस्थितिमा पनि लगिदिने गरेको छ।
‘पार्टीमा गएको बेला अरूहरू टन्न जाँड खाइरहेका हुन्छन्,’ उनले दुःखको कुरा सुनाउँदा सुनाउँदै पनि हँसाए, ‘मेरो भने खुट्टा र जिब्रो लर्बराएर मातिएको मान्छेजस्तो अवस्था भइरहेको हुन्छ।’
भीडभाडको स्थितिमा फोटो खिच्न आउनेहरू पनि उत्तिकै हुन्छन्। यता मदनको शरीर अचानक काम्न थाल्छ। त्यसको संकेत देख्नेबित्तिकै हरिवंशले उनलाई सम्हालिहाल्छन्।
‘त्यसैले हिजोआज सक्दो पार्टी र भीडभाडका कार्यक्रममा कम जाने कोशिस गर्छु,’ मदनकृष्ण भन्छन्, ‘तर, सक्रिय भइरहने चाहनाले थामिएर घरमा बस्न पनि मन लाग्दैन।’
उनले स्टेज र कार्यक्रम पनि छाडेका छैनन्। स्टेजले नै उनलाई असामान्यबाट सामान्य अवस्थामा फर्काउँछ।
‘एउटा असाध्यै महत्वपूर्ण कुरा तपाईंसँग सेयर गर्न चाहन्छु,' मदनकृष्णले आँखा चम्काए र अलिक उज्यालो भएर बोले, 'अरूबेला जस्तोसुकै लर्बराएको वा लड्खडाएको भए पनि स्टेजमा पुगेपछि चाहिँ ख्वै के हुन्छहुन्छ। अचम्मैसँग भित्री बल आउँछ र शरीरले स्वतः सामान्य व्यवहार गरिदिन्छ।’
उनका अनुसार अरूबेला चिकित्सकले फिजियोथेरापी भन्दै बल लगाएर परिचालित गराउन खोज्ने उनको शरीरका अंगहरू स्टेजमा स्वतः चल्न थाल्छन्।
‘स्टेजमा त उल्टो फिजियोथेरापी भइरहेको छ भन्या...’ उनी भन्छन्, ‘ख्वै त्यहाँ चाहिँ जहिले पनि कताबाट के चमत्कार भइदिन्छ।’
तै पनि आफ्नो शरीरलाई हरिवंशले नियालिरहेको र प्रत्येक परिस्थितिका लागि उनी तयार रहने गरेकाले मञ्चमा अझै पनि लामो समय सक्रिय रहने उनको आत्मविश्वास छ।
मदनकृष्णको आत्मविश्वासलाई उनीभित्रैको पार्किन्सनले भन्दा बढी अरू नै कुनै कुराले हल्लाइरहेको छ।
त्यो हो, श्रीमती यशोदाको अवस्था।
उनको यो आत्मविश्वास हल्लिन थालेको पाँच वर्ष भइसक्यो।
हाल काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठ धुलिखेल अस्पतालका संस्थापक पनि हुन्। त्यो अस्पतालको असाध्यै वर्णन सुनेपछि मदनकृष्ण एकपटक घुम्न गएका थिए।
‘हामीले पनि कुनै समय मोडल अस्पताल खोल्ने बेला त्यस्तै सस्तो र सर्वसुलभ स्वास्थ्य केन्द्रको सपना देखेका थियौं,’ उनी भन्छन्, ‘त्यहाँ डा. रामकण्ठको व्यवस्थापन देखेपछि कतै न कतै आफ्नो सपना साकारभइरहेजस्तो सन्तुष्टि मिलेको थियो।’
उक्त भेटघाटपछि डा. रामकण्ठले मदनकृष्ण दम्पतीकै एकपटक ‘होलबडी चेकअप’ गर्ने प्रस्ताव राखेछन्।
‘तपाईंहरू जस्तो मान्छे स्वस्थ रहनु असाध्यै जरुरी छ,’ डा. रामकण्ठले भनेछन्, ‘एकपटक राम्रोसँग जाँचेर ढुक्क हुने मन छ।’
त्यो अनुरोध फेरि फेरि पनि दोहोरिएपछि एकदिन मौका मिलाएर श्रीमान–श्रीमती धुलिखेल पुगे।
‘अरू सबै परीक्षणको सामान्य रिपोर्ट आयो,’ मदनकृष्णले श्रीमतीतर्फ हेर्दै भने, ‘उनको कोलोनोस्कोपी गर्दा चाहिँ झसंग पार्ने जानकारी आयो।’
यशोदालाई केही समययता दिसाबाट रगत बग्न सुरु भएको थियो। ‘म असाध्यै पिरो खाने मान्छे,’ उनी भन्छिन्, ‘त्यो पिरोकै कारण केही सामान्य गडबडी भएको होला भन्ने लागेको थियो।’
जाँच गरिसकेपछि धुलिखेल अस्पतालका रेडियोलोजिस्ट डा. राम गुरुङले भने, ‘भाउजूले त ठूलै रोग पो पालेर बस्नुभएको रहेछ।’
तै बेहोस पारिएकी यशोदा अचेतै थिइन्।
यो सुन्नेबित्तिकै मदनकृष्णको दिमागमा ‘कतै क्यान्सर त होइन?’ भन्ने प्रश्न उठिहाल्यो। डाक्टरले सहमतिको इसारा गरे। उनलाई रेक्टल (मलाशय) क्यान्सर भएको रहेछ। त्यो कत्तिको फैलिएको छ भनेर फेरिएकपटक जचाउन अस्पताल आउनुपर्ने गरी उनीहरू विदा भए।
‘हामी दुई जना एकदम चुपचाप काठमाडौं फर्कँदै थियौं,’ मदनकृष्ण भन्छन्, ‘उनले पुलुक्क हेर्दा मुस्काउन पनि मलाई अप्ठेरो परिरहेको थियो।’
घर आएपछि पनि उनी चुप लागेर बसेछन्। श्रीमतीको मनमा भने चिसो पसेको थियो।
‘म जुरुक्क उठेँ, माथि कोठामा गएँ र ढोकाको चुक्कुल लगाएँ,’ पार्किन्सनले त्यसै कामिरहेका मदनकृष्ण अब झनै काम्दै थिए, ‘त्यसपछि एकछिनसम्म एक्लै बसेर रोइरहेँ।’
सेतोपाटीसँग कुरा गर्दागर्दै मदनकृष्णका आँखा रसाए। आँखाको आँसु त पुछेर पनि जान्थ्यो। तर, काम्दै गरेको ओँठलाई कसरी नियन्त्रण गर्ने? उनले भएभरको बल लगाएर ओँठ टम्म पार्न खोजे। परिस्थिति असहज बन्यो।‘मलाई त ठूलो रोग लागेको छ भनेर मात्र भनिएको थियो,’ मदनकृष्ण भावुक भइरहेका बेला श्रीमती बोल्न थालिन्, ‘के हो? के हो? म त पायल्स वा अल्सर होला भन्ठानेकी थिएँ।’
मदनकृष्ण यतिन्जेल अलिक नियन्त्रित भइसकेका थिए।
‘उहिल्यै एकपटक ‘हाँसिदेउ एकफेर’ फिल्ममा मेरी श्रीमती बनेकी मिथिला शर्मालाई क्यान्सर लागेको खबर पाउने दृश्य थियो,’ उनले भने, ‘त्यतिबेला अभिनयको निम्ति रुनुपर्ने मान्छे, म साँच्चिकै रोएको थिएँ।’
मदनकृष्णका अनुसार वास्तविक जीवनमै यशोदालाई क्यान्सर लागेको जानकारी पाउँदा भने आँसु मात्र निस्किरहेको थिएन, मुटु भित्रैदेखि दुखिरहेको पनि थियो।
उनीहरू फेरि अर्कोपटक धुलिखेल अस्पताल पुगे।
‘यति जाबो त केही पनि होइन,’ डा. रामकण्ठले आश्वस्त पार्दै भनेछन्, ‘मै अपरेसन गरेर फालिदिन्छु।’
उनले क्यान्सरको अवस्था कस्तो छ भनेर बुझ्न एकपटक सिटीस्क्यान गर्न लगाए। रिपोर्ट आएपछि झनै भयानक शून्यता छायो। त्यो क्यान्सर त लिभरमा समेत फैलिएको संकेत देखियो।
मदनकृष्णका अनुसार यसरी एकठाउँमा लागेको क्यान्सर अर्को ठाउँमा पनि सरेको देखिनुलाई 'चौथो स्टेज' भनिन्छ।
थुप्रै आत्तिएका बिरामीलाई सम्हाल्दै आएका रामकण्ठ पनि अलिक हच्किए।
‘तर, उहाँ गजबकै डाक्टर हो,’ मदनकृष्णले सम्झिए, ‘कोठामा लगेपछि आफैंले चिया बनाएर हामीलाई सर्भ गर्दै नआत्तिन ढाडस दिइरहनुभएको थियो।’
लिभरको वास्तविक अवस्था के हो भनेर थाहा पाउन विस्तारमा परीक्षण गर्नुपर्थ्यो, जुन सुविधा नेपालमा थिएन। उनले बैंकक जाने सल्लाह दिए। अब चाहिँ यो कुरा श्रीमती यशोदालाई पनि खुलाउनु जरुरी छ भनेरडा. रामकण्ठले नै सुनाइसकेका थिए।
‘क्यान्सर भएको थाहा पाउनेबित्तिकै ऊ आत्तिएर कम बोल्न थाली,’ मदनकृष्णले भने, ‘मबाट पनि परपर हुन थाली।’
त्यसको केही दिनमै मदनकृष्ण र यशोदा दम्पती बैंकक जाने तयारीमा लागे। साथमा हरिवंश पनि जाँदै थिए।
‘उसलाई बैंककबाट फर्केर आउँछु भन्ने लागेको थिएन,’ मदनकृष्ण भन्छन्, ‘घरखर्चबाट बचाएर राखेको पैसा सबै विदा गर्न आएका आफन्तहरूलाई बाँडिदिई।’
उनीहरू बैंकक पुगे। क्यान्सर फैलिएको पुष्टि भयो र उपचार पनि सुरु भयो।
‘रेडिएसन लिँदा जुन भागमा गर्यो त्यो भागै हाँडीजस्तो कालै हुँदो रहेछ,’ मदनकृष्ण भनिरहेका थिए, ‘फेरि त्यो ठाउँ बेस्सरी चिलाउने। कन्याउन खोज्दा छाला नै पट्पटी फुट्ने।’
‘उसिनेको आलु ताछेजस्तै,’ श्रीमतीले थपिन्, ‘कन्याउनेबित्तिकै छालै सलल्ल सोहोरिएर आउने।’
मान्छेलाई जब संकट पर्छ, चौतर्फी घेरिएर आउँछ।
एक त मलाशयमा घाउ छ, त्यसमाथि त्यतिबेलै पखाला चल्न थाल्यो। पखाला चलेपछि घाउमा फोका उठ्न थाले। त्यो फोका उठेपछि फेरि न बस्न मिल्ने न उठ्न मिल्ने।
बैंककमा जतिसुकै हैरानी भए पनि त्यहाँ यशोदाले चित्त बुझाउने एउटा महत्वपूर्ण दृश्य थियो।
उनीहरूका जम्मा दुई सन्तान– एउटा छोरा र एउटी छोरी। वर्षौंदेखि अमेरिकामा बस्दै आएका उनीहरू आमाको उपचारका लागि बैंकक आइपुगेका थिए। विश्व बैंककी जागिरे छोरी एक महिनाको विदा सकेपछि फेरिअमेरिका गइन् र दुई सातामै विदा लिएर फेरि बैंकक आइन्। छोरा उपचार अवधिभर बसे।
यशोदाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। अपरेसन थिएटरबाट निस्केका बेला मदनकृष्णले विस्तारै उनको शरीरलाई छोएछन्।
‘तपाईंले मलाई बचाउनु भयो हगी,’ त्यतिबेला यशोदाले बोलेको वाक्य मदनकृष्णले सम्झिए।बैंककबाट फर्केपछि पनि उपचार लामो समय चल्नेवाला थियो।
सन्तान विदेशिएपछि लामो समय एक्लै बिताउँदै आएको मदनकृष्ण दम्पतीका सामुन्ने एउटा सुखद संयोग जोडिन पुग्यो। उनीहरूका एक्ला छोरा यमन बैंककबाट अमेरिका पुगे र भएभरका सबै बेचबिखन गरेरसधैंका निम्ति सपरिवार नेपाल फर्किएर आए। तेह्र वर्ष उतै बसेर एमबिए पढेका उनी कुनै होटलमा म्यानेजर थिए। फर्केर आउँदा उतै जन्मेकी सानी छोरी पनि थिइन्, जसलाई नेपाली बोल्न आउँदैन थियो।
‘सुरुसुरुमा त परपर हुन्थी,’ यशोदा भनिरहेकी थिइन्, ‘हिजोआज नजिक हुने मात्र होइन, मैले नजानेका नेपाली शब्दसमेत प्रयोग गरेर बोल्न थालेकी छे।’
यसैको सुख छ आजभोलि, मदनकृष्ण दम्पतीलाई।
यता क्यान्सर दिनप्रतिदिन फैलँदो छ। लिभरको क्यान्सर अपरेसन गरेपछि फेरि फोक्सोमा सरेको देखियो। फोक्सोको हिस्सा पनि काटेर फालेपछि अब त्यो क्यान्सर मेरुदण्डमा सरेको छ। त्यसलाई त काट्न पनिमिल्दैन। हरेक १५ दिनको अन्तरमा एकपटक किमोथेरापी गर्नुपर्छ। त्यसबाहेक विदेशको महँगो औषधि छँदैछ।
‘थेरापी गरेको केही दिनसम्म त नराम्ररी गल्छिन्,’ मदनकृष्ण भन्छन्, ‘अन्तिम अन्तिममा पुगेर अलिक सुधार देखिन्छ अनि फेरि किमो गर्ने बेला आइपुगिसक्छ।’
यसरी किमो दिएको पनि ८४ पटक भइसकेको छ। दिनप्रतिदिन श्रीमतीका अंगहरू डढेर कालो हुँदै गएका छन्।
‘राम्री भनेर बिहे गरेको,’ मदनकृष्णले यस्तो बेला पनि हँसाउन छाडेनन्, ‘तिमी त चाम्री पो रहिछौ।’
यशोदा मुसुक्क हाँसिन्।
हिजोआज यसरी हाँस्ने अर्को कारण त्यही छोरा, बुहारी र नातिनी भएका छन्।
यतिबेला आफ्नो जीवनी लेखिरहेका मदनकृष्णलाई बेलाबेला नातिनी बिथोल्न आइरहन्छिन्। ‘बा, तिम्रो किताबमा मेरो नाम लेखेको छ कि छैन?’ १३ वर्षीया नातिनीले सोध्दिरहिछन्।
‘तैंले के गरेको छ र तेरो नाम लेख्ने?’ मदनकृष्ण पनि आफ्नै पारामा सोधिहाल्छन्।
‘अमेरिका छोडेर आएको छु नि...’ नातिनीले तुरुन्तै जवाफ दिएपछि सबैलाई हँसाउने मदनकृष्ण आफैं पनि नहाँसी बस्न सक्दैनन्।
उतै जन्मेकी नातिनी अहिले पनि भिसा लिएर नेपाल बसिरहेकी छन्। ‘नागरिकता बनाउने उमेर पुगेपछि उसले अमेरिकी हुने वा नेपाली हुने जे निर्णय लेओस्,’ मदनकृष्ण भन्छन्, ‘अहिले नाबालक अवस्थामा हाम्रोइच्छा लाद्न खोजेका छैनौं।’
जागिर र घर पनि सम्हालेर जीवनभर आफूलाई एकोहोरो कलाकारितामा लाग्न सघाएकी श्रीमतीको सेवा गर्दा मदनकृष्ण सन्तोष मान्छन्।
‘अझ अहिले त के हो र?’ उनले भने, ‘अलिक पहिले त शरीर छेउको पोकामा जम्मा हुने उनको दिसा दिनको तीन–चारपटक सफा गर्नुपर्थ्यो।’
श्रीमतीको सेवामा मदनकृष्णलाई छोरा र बुहारीको राम्रो साथ छ। बुहारी रिंकुले यशोदाका टुटेका पुराना सम्बन्धहरू पनि जोडिदिन थालेकी छन्।पाँच वर्षअघि बैंककबाट उपचार गरेर आउनेबित्तिकै बुहारीले एउटा भव्य पार्टी आयोजना गरेकी थिइन्। त्यो यो दम्पतीकै बिहेको ३९ औं वार्षिकोत्सव थियो।
‘त्योबेला मेरी बुहारीले पत्ता लगाई लगाइकन मेरा माइतीका सबैजसो चिनेजानेका मानिस बोलाइदिएकी थिइन्,’ यशोदाले भनिन्, ‘तीमध्ये धेरैलाई त मैले बिहे भएको यत्रो वर्षपछि देखेकी थिएँ।’
त्यतिबेला माइतीका मानिसले मदनकृष्णको प्रशंसा गर्दै भनेका एक–एक शब्द यशोदालाई याद छ।
‘हाम्री छोरीलाई त्यस्तो अवस्थाबाट बचाएर ल्याउनुभयो। यस्तो माया दिएर राख्नुभएको रहेछ। ओहो, ज्वाइँ त गजब हुनुहुँदो रहेछ...’
यस्ता कुरा सुनाउँदा–सुनाउँदै अब आँखा रसाउने पालो यशोदाको थियो।
‘यत्रो लामो परीक्षाबाट गुज्रियो हाम्रो प्रेमविवाह,’ उनले भनिन्, ‘बिहे भएको छ महिनामै बुवा बित्नुभयो, मेरै कारणले। अन्तिम समयमा पनि मैले उहाँलाई भेट्न पाइनँ। सबैले मैलाई दोष दिए। कयौं रात छट्पटीमै काटेँ मैले। एक वर्षसम्म त आमाको मुख पनि हेर्न पाइनँ। माइतीका धेरै नातागोतालाई बिहे भएको यतिका वर्षसम्म कहिल्यै भेटिनँ। आज जिन्दगीको यो घडीमा आएर सबैको मुखबाट उहाँको तारिफ सुन्दैछु। बल्ल मलाई लाग्दैछ, हाम्रो प्रेमले लामो परीक्षा पास गर्यो।’
‘बिहे गरेको ३९ वर्षपछि बल्ल मेरो माइतीले उहाँलाई चिन्यो।’