Saturday, April 7, 2018

बुटवलको भाटभटेनीमा भिषण आगलागी, आगो अझै नियन्त्रणमा आउन सकेन

बुटवल, २५ चैत । बुटवलको भाटभटेनीमा भिषण आगालागी भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरमा रहेको भागभटेनी सपुरमार्केटमा करिव ४ बजेको समयमा विद्युत सट भएर आगालागी भएको अनुमान गरिएको छ । ईलोक्ट्रोनिक सामानहरु राखेको सुपरमार्केटको पाँचौ तलाबाट आगालागी सुरु भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बुटवल र भैरहवमा बाट आएका दमकलले आगो निमाउने प्रयास गरिरहेको छ । आगोलागीबाट मानविनय क्षती भने नभएको ईलाका प्रहरी कार्यालय बुटवलले जानाकारी दिएको छ ।

दमकलनै छैन जिल्लामा
गएको माघ ४ गते बुटवल–२ मैनामगरस्थित बिहार च्याम्पियन टायर पसलमा आगलागी भयो ।फागुन २ गते बुटवल–संगमपथस्थित शुभ गौतम इन्टरप्राइजेज नामक प्लाष्टिक पसलमा आगलागी भयो । राती लागेको आगो दमकल समयमा नआउदा ३ करोड मुल्यको क्षति भयो । दुई साता अघि बुटवल होराइजन चोकस्थित महाकाली इन्डष्ट्रिज प्रा.लि.मा आगलागी भयो । त्यहाँ पनि आवश्यकता अनुसार वारुणयन्त्र नहुँदा ८० लाख रूपैयाँको धनमाल जलेर नष्ट भयो । र आजपनि बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सपुरमार्केटमा आगालागी भयो । आगो नियन्त्रणको प्रयास अहिले पनि जारी छ ।
गर्मीयाम सुरु हुँदै छ । प्रतिनिधी उदाहरण प्रस्तुत गर्दा दमकल समयमा नआउदा ठुलो क्षति हुँदै आएको छ । जिल्लामा आगालागी भइरहदा आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्किएको छ । जिल्लामा आगालागीका घटना बढेपनि दमकलको संख्या भने न्युन छ । एक वर्ष अगाडि ४ वटा वारुणयन्त्र रहेको जिल्लामा अहिले २ वटा मात्र सञ्चालनमा छन् । त्यसमध्ये पनि प्रदेश राजधानीमा भने एउटामात्रै वारुण यन्त्र छ । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिका गरी २ वटा मात्र दमकल जिल्लामा छन । त्यस्तै बुटवल र सिद्धार्थनगरको २ वटा वारुणयन्त्र बिग्रिएर थन्किएका छन् । नयाँ नगरपालिका र गाउँपालिकाले अझै दमकल खरिद गर्ने बजेटसमेत विनियोजन गर्न सकेका छैनन् । आफूहरूलाई आवश्यक पर्ने गाडीहरू तत्कालै खरिद गरेका स्थानीय तहका जनप्रतिनिधिहरुले दमकल खरिदमा कुनै चासो दिएको देखिँदैन ।
बुटवल उप–महानगरपालिका वारुण यन्त्र उपशाखाका इञ्चार्ज गोकर्ण भट्टराईले दमकल कम हुँदा समयमै पुगेर आगलागी नियन्त्रण गर्न कठिन भएको बताउँछन् । ‘बस्ती बढ्दो छ । बाटाहरू साँघुरा छन् । वारुण यन्त्र कम छन् । जसले गर्दा नियन्त्रणमा कठिनाइ भएको छ,’ उनले थपे, ‘कम्तिमा पनि एक स्थानीय तहले एउटा वारुणयन्त्र अनिवार्य राख्नुपर्छ । अझै प्रदेशको राजधानीसमेत भएको बुटवलमा ३ देखि ४ वटासम्म हुनुपर्छ । अनि बल्ल समयमै आगलागी नियन्त्रण गर्न सकिन्छ ।’
सिद्धार्थनगरका वारुण यन्त्र इञ्चार्ज उमानन्द भण्डारीले चालू अवस्थामा रहेको एउटा दमकल पनि असार मसान्तमा २० वर्ष पुग्ने बताए । सरकारले २० वर्ष पुराना सवारी साधन सञ्चालनमा बन्देज लगाएको छ । जिल्लाका दमकलले आगो नियन्त्रण गर्न नसक्दा ठूलाठूला आगलागीका घटना हुँदा नवलपरासी र कपिलवस्तुबाट दमकल बोलाउनुपर्ने अवस्था छ । टाढाबाट दमकल आउँदा यहाँ धेरै धनजनको क्षति हुन पुग्छ । १ लाख ४५ हजारभन्दा बढी घरधुरी र ८ लाख जनसंख्या रहेको जिल्लामा २ वटा दमकलले काम गनुपर्ने अवस्था छ ।

No comments:

Post a Comment