जङ्गलमा शिक्षकको ‘यौन काण्ड’ ले प्रहरीमा खैलाबैला, भिडियो खिचेर ‘ब्ल्याकमेलिङ’ गर्ने ७ जना पक्राउ

शिव ढुंगाना/उज्यालाे।
ओखलढुंगा, चैत १८ – ओखलढुंगामा अश्लील भिडियो खिचेर ब्लाक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।
सिद्धिचरण नगरपालिका–११, सोब्रुको जंगलमा यौन सम्पर्क गरिरहेका शिक्षक र महिलाको भिडियो आफूहरुसँग रहेको भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका–१०, बस्ने करण मगरसहित ज्ञानबहादुर आले मगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका–८, का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका–५, का कृष्ण थापा छन् । प्रहरीले उनीहरु विरुद्ध म्याद थप गरी सार्वजानिक अपराध मुद्दा चलाएको छ ।
उनीहरुले बिहीबार बिहान सिद्धिचरण नगरपालिका–३ को नारायणस्थान माध्यामिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहता र एक महिलालाई आपत्तिजनक अवस्थामा देखेपछि भिडियो खिचेको बताउँदै आएका छन् । भिडियो खिचेपछि उनीहरुले शिक्षकसँग एक लाख रुपैयाँ मागेको स्वीकारेका छन् । पक्राउ पर्ने स्थानीय विकासका आयोजनामा काम गर्ने ७ जना मजदुर हुन् ।
तर, प्रहरीमा पुगेका शिक्षक मेहताले भने आफूले कुनै गलत काम नगरेको दावी गर्नुभएको छ । ‘मैले कुनै गलत काम गरेको होइन’, शिक्षक मेहताले भन्नुभयो, ‘मेरो मोटरसाइकल नियन्त्रणमा लिएर उनीहरुले पैसा मागेपछि प्रशासनमा उजुरी गरेको हुँ ।’ आफू उपचारका लागि अस्पताल जाँदा युवाहरुले बाटोमा रोकेर रकम मागेको उहाँको भनाइ छ ।
स्थानीय बासिन्दाले भने आफू गलत हुँदाहुँदै शिक्षक मेहताले शक्तिको आडमा युवाहरुलाई फसाएको आरोप लगाएका छन् ।
के भन्छ प्रहरी ? आफू सवार मोटरसाइकल नियन्त्रणमा लिएर रकम माग गरेको भन्दै शिक्षक मेहताले उजुरी गरेपछि युवाहरु पक्राउ गरेर म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो । ‘उजुरी आएपछि युवाहरुलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं’, शर्माले भन्नुभयो ।
प्रहरीले भिडियो मेटाइदिएको आरोप शिक्षक मेहताको अनैतिक कार्य सार्वजनिक हुने भएपछि प्रहरीले नै आफूहरुको मोबाइल खोसेर भिडियो मेटाइदिएको पक्राउ पर्नेहरुको दावी छ ।
स्थानीयबासिन्दाले घुमुवा प्रहरीले शिक्षक मेहतासँग पैसा लिएर मजदुरहरुले खिचेको भिडियो मोबाइलबाट डिलिट गरिदिएको आरोप लगाएका छन् । शिक्षकसँग पैसा लिएर भिडियो डिलिट गर्ने क्रममा घुमुवा प्रहरीले मजदुरमाथि कुटपिट समेत गरेको उनीहरुको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी जवान भोलाकाजी भण्डारीले भने अनुसन्धानका लागि अर्को मोबाइलमा भिडियो सार्दा डिलिट भएको बताउनुभएको छ । नियतले नभइ अर्को मोबाइलमा भिडियो सार्ने क्रममा भिडियो हटेको भण्डारीको दावी छ ।
स्थानीयबासिन्दाले घुमुवा प्रहरीबाट यसअघि पनि पैसा असुलिएको गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख अनन्तराम शर्माले घुमुवा भोलाकाजी भण्डारीलाई परिर्वतन गर्नुभएको छ । शर्माले गुनासा आएपछि आफ्नै निगरानीमा राखेर घुमुवा प्रहरी परिवर्तन गरेको बताउनुभयो । ‘अनुसन्धान भइरहेको छ, प्रहरीमाथि शंका गर्नु पर्दैन, दोषी भएमा कडा कारवाही हुन्छ’, शर्माले भन्नुभयो ।
प्रहरीले भिडियो खिच्ने युवाहरुलाई सार्वजनिक मुद्दा चलाएपछि स्थानीयबासिन्दाले शिक्षकमाथिसमेत कारवाही गर्न दवाव दिएका छन् । चौतर्फी दवावपछि प्रहरीले पैसाको कारोबारबारे छानविन गर्न शिक्षकमाथि समेत निगरानी राखेर गहन अनुसन्धान गरिने प्रहरी नायव उपरीक्षक शर्माको भनाई छ ।
प्रहरीले सञ्चारकर्मीलाई उपलब्ध गराएको मेहेताको नाम नामेसीसमेत फरक देखिएको छ । प्रहरीले शंकर मेहेतालाई शंकरप्रसाद यादव भनी अर्कै नाम उपलब्ध गराएपछि प्रहरीप्रति आशंका उब्जेको छ ।
यस्तो थियो घटना स्थानीयबासिन्दाका अनुसार बिहीबार एक महिलालाई मोटरसाइकलमा राखेर पुगेका शिक्षक मेहता र महिलाको अनैतिक कार्य गरेको फोटो खिचेर एक आयोजनामा काम गरिरहेका मजदुरहरुले मोटरसाइकल समेत नियन्त्रणमा लिएर पैसा मोलमोलाई गरेका थिए ।
पैसाको मोलमोलाई गरेपछि मेहेता पैसा दिने भन्दै बैंकबाट लिएर आउने वचनसहित घटनास्थलबाट हिँड्नु भएको स्थानीयबासिन्दाको दावी छ । पैसा लिन भनेर गएका मेहताले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले मजदुरहरुलाई गिरफ्तार गरेको थियो ।
मजदुरमाथि मुद्दा चलाइएपछि स्थानीयबासिन्दाले पैसाको चलखेलमा मजदुरमाथि कारवाही गरेर शिक्षकलाई जोगाउन खोजेको आरोप लगाएपछि प्रहरीले शिक्षकमाथि समेत अनुसन्धान थालेको छ । स्रोत:उज्यालो

No comments:
Post a Comment