Monday, February 19, 2018


United States: Planned execution of seriously ill man may amount to torture, warn UN experts

UN Photo/Loey Felipe
Agnes Callamard, UN Special Rapporteur on Extra-Judicial summary or arbitrary Executions.
19 February 2018
Two United Nations human rights experts have urged the Government of the United States to halt the execution a seriously ill person stressing that given his health condition, the use of lethal injection could possibly amount to torture.
In a news release, Agnes Callamard, the UN Special Rapporteur on extrajudicial, summary or arbitrary executions; and Nils Melzer, the UN Special Rapporteur on torture and other cruel, inhuman or degrading treatment or punishment, also expressed concern that Doyle Hamm, who is who is due be executed in the state of Alabama on 22 February, may not have received a fair trial.
The execution is set to go ahead even though Mr. Hamm has cancer and medical professionals have previously had difficulty accessing his veins, the release added.
“We are seriously concerned that attempts to insert needles into Mr. Hamm’s veins to carry out the lethal injection would inflict pain and suffering that may amount to torture,” said the UN rights experts.
The release also noted that judges have ordered a fresh medical report to be delivered by 20 February, two days before the scheduled execution.
“We urge the authorities to halt [Mr. Hamm’s] execution, annul his death sentence, and hold a re-trial that complies with international standards, as we have received information indicating that his original trial did not fully respect the most stringent due process and fair trial guarantees,” they added.
The Special Rapporteurs also said that the planned method of execution, using Alabama’s “three-drug protocol,” may also have torturous effects, because the sedative used is incapable of keeping a convict unconscious in the presence of the “excruciating pain” likely to be induced by the other drugs.
Further, Ms. Callamard and Mr. Melzer said that imposing the death penalty in a manner that constitutes torture or cruel, inhuman or degrading treatment would render the execution arbitrary in nature and thus be in violation of the fundamental right to life.
The news release also noted that the human rights experts have written to the US Government to express their concerns about the case.
UN Special Rapporteurs and independent experts are appointed by the Human Rights Council to examine and report back on a specific human rights theme or a country situation. The positions are honorary and the experts are not UN staff, nor are they paid for their work.

प्रधानमन्त्रीमा पालो प्रणाली लगाउनु हुँदैन : माधव नेपाल


प्रधानमन्त्रीमा पालो प्रणाली लगाउनु हुँदैन : माधव नेपाल

Madhav Kumar Nepal 2009-09-23.jpg

७ फागुन, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।
पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन् ।
‘एउटै पार्टी भए पछि के को पालो पालो ? आलोपालो प्रधानमन्त्री बन्यो भन्ने ब्यूरोक्रेसीले कुरा मान्छ ?’ सोमबार रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले भने ‘त्यस्तो सहमति भएको हो भने त्यो मलाइ थाहा छैन । यस्तो कुराहरु बाहिर बोल्नु हुदैन, पालैपालोको गीत गाउने बेला होइन ।’
बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने उनले बताएका छन् ।
नेता नेपालले पार्टी एकीकरण पछि दुई जना अध्यक्ष बन्ने अवस्था आए पनि दुवै जनालाई सहअध्यक्ष राख्न सकिने धारणा राखे । अन्य देशमा यस्तो अभ्याससमेत रहेको बताउदै उनले दुवै जनालाई अवधि तोकेर पार्टी सञ्चालनको जिम्मा दिन सकिने बताए ।
नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने नेता नेपालले बताए ।
स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रौतहटमा पार्टीले व्यहोरेको हारको आफूहरुले समीक्षा गरिरहेको बताउँदै उनले पार्टीलाई थप बलियो बनाउन आवश्यक काम भइरहेको बताए ।
२०७४ फागुन ७ गते १८:१९ मा प्रकाशित
https://youtu.be/Atcf5fogXT

यथार्थ र आदर्श (लघुकथा)



सानै देखि भिन्दै स्वभावको थियो । स्कूल जाने बेलामा बरालिएर हिँड्थ्यो, कलेज पढ्ने बेलामा हुलदंगामा पुग्थ्यो अनि काम गर्ने उमेर पुग्दा बेकार घुम्थ्यो ।
नपढेको, काम नभएको र बस्ने ठेगान पनि नभएको हुनाले उसलाई कसैले पनि छोरी दिएनन् र उसको विवाह पनि हुन सकेको थिएन । त्यत्तिकै मा प्रजातन्त्र आएकोले मुढे बलकै भरमा ऊ एउटा दलमा प्रवेश गर्‍यो । तर दलको नीति नियम विपरीत काम गरेको भनेर केही समय पछि उ सो दलबाट निकालियो र अर्को दलमा पस्यो । यसरी समय-समयमा दल र नीति फेर्दै-फेर्दै उ हालको दलमा घुसेको थियो ।
कुनै निश्चित शिक्षा, योग्यता वा कार्य कुशलता नभए पनि छल, बल र चाकडी-चुक्लीको कलामा भने निकै निपुण भइसकेकोले यस पाला भने उ निकै ठूलो पदमा पुगेको थियो ।
भर्खर आफ्नो पद बहाली गरेर फर्कँदा उसलाई पत्रकारहरुले उसको वाल्यकाल देखीको जीवनीमा प्रकाश पारिँदिन अनुरोध गरे । उसले एकैछिन आँखा चिम्ल्यो, केही बेर घोत्लीयो र गम्भीर मुद्रामा यसरी आदर्श छाँटन थाल्यो : “ मलाई सानै देखि देशको हाल देखेर चिन्ता लाग्थ्यो र त्यही चिन्ता र उकुसमुकुसका कारण औपचारिक शिक्षापनि राम्ररी पुरा गर्न पाईँन । जवानीमा पनि देशमा व्याप्त विभिन्न विकृति र भ्रष्टाचारको विरोध गर्दै हिँडेकाले काम गर्न र घरजम गर्न समेत समय अनुकूल रहेन…” ।
उसले एक पटक गहिरो सास फेर्‍यो र फेरी भन्न थाल्यो “… जनताको राज स्थापना भएपछि पनि आफ्नो अलग र जन पक्षीय विचारधाराका कारण धेरै पार्टीसँग मिल्न असजिलो भएकोले मैले धेरै पार्टीलाई छाडेँ र हाल जनताको सेवा गर्नका लागि यो स्थानमा पुगेको छु । मलाई आफ्नो कार्य क्षमतामा पुरा विश्वास छ र आउने दिनहरुमा जनता प्रतिको कर्तव्य अवश्य पुरा गरेर छाड्ने छ....

सकारात्मक जीवन सिकाउने नाटक

सकारात्मक जीवन सिकाउने नाटक



रविन भट्टराई सोमवार, माघ २२, २०७४

Share This


बिर्तामोड : अहंकार, ईष्र्या र घमण्डले मानिसलाई कुन हदसम्मको आपराधिक मानसिकताको बनाउँछ र समाजमा त्यसले कस्तो नकारात्मक भावना पैदा गराउँछ भन्ने जान्न एउटै ‘पर्खाल’ हेरे पुग्छ।
अहंकारको पर्खालले व्यक्ति आफैंलाई पछाडि धकेलिदिन्छ भन्नेमा कुरामा अहिले झापावासी पनि सहमत भएका छन्। क्षितिज नाट्य समूह झापा र झोराहाट नाट्य समूह मोरङले संयुक्त रूपमा मञ्चन गरेको नाटक ‘पर्खाल’ माघ १५ गतेदेखि झापाको बिर्तामोडस्थित अतिथि सदनमा प्रदर्शन भइरहेको छ। रंगकर्मी भरत गुरागाईंले लेखेको एक घन्टा लामो नाटकमा नकारात्मक भावना त्यागेर सरल र सकारात्मक जीवन जिउन अपिलसमेत गरिएको छ। नाटक सन्देशमूलक परम्परागत र यथार्थपरक देखिन्छ।
दाजुभाइबीचको सामान्य पारिवारिक मनमुटावलाई नाटकले बिम्बात्मक रूपमा प्रस्तुत गरेको छ। लहलहैमा नै अपराधको चंगुलमा फस्न बाध्य युवाहरूको अवस्थाको चित्रण पनि नाटकमा देख्न सकिन्छ। सौतेनी आमाका कारण सन्तानले भोग्नुपरेको पीडा, नशामा तल्लीन बुबाका कारण परिवारमा आइपर्ने समस्या, सन्तानको मनमुटावमा वृद्धाआमाले सहनुपर्ने पीडाजस्ता विषय पनि नाटकमा उतारिएको छ।
लेखक गुरागार्इं र निर्देशक प्रयाग न्यौपाने दुवैले नाटकमा अभिनय गरेका छन्। नाटकमा ध्वनि संयोजनमा फिल्मीपन बढी छ। प्रकाश संयोजन भने पात्र र परिवेश अनुकूल नै छ।
आयोजक क्षितिज नाट्य समूहका निर्देशक माधव कल्पितले झापामा बृहत् संग्रहालयसहितको नाट्यघर निर्माण गर्ने उद्देश्यले नाटक मञ्चन भइरहेको बताए। ‘पर्खाल’ लाई प्रयाग न्यौपानेले निर्देशन गरेका छन्। उनले भने, ‘समाजको यथार्थ चित्रण गर्ने हाम्रो प्रयास हो।’
‘पर्खाल’ सुजाता भट्टराई र प्रदीप संग्रौलाले निर्माण गरेका हुन्। नाटकमा भरत गुरागाईं, प्रज्ज्वल काफ्ले, खुसी शर्मा, भीमा खतिवडा, गजेन्द्र पृथक, झापाली कान्छा अभिषेक, सुनिता कट्टेल, मनीषा बराल, अनु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

Sunday, February 18, 2018

mero nepal


आज प्रजातन्त्र दिवस, टुँडीखेलमा विशेष कार्यक्रम

people,flag,crowd,festival,parade,group,celebration,competition,ceremony,battle,group together,drag race,rally,military,religion,election,administration,sports fan,wear

फाइल तस्वीर
७ फागुन, काठमाडौं । जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।
दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । गणतन्त्र स्थापना दिवस प्रजातन्त्र दिवस मनाउन छाडिए पनि शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजे विशेष कार्यक्रम आयोजना गरिएको छ ।
एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
२०७४ फागुन ७ गते ७:२१ मा प्रकाशित
https://youtu.be/Atcf5fogXTQ

story

ski mountaineering in snowstorm Stock Photo
तपाईलाई लाग्दो हो संगै बढे पढेको एउटा तिग्रेले सुब्बा जागिर खाएर अरबपति बन्यो।कोही बबचेराहरुले राजनीतिमा लागेर शहरमा दरबार बनाए स सानो पद प्रतिष्ठा पाए।मेरो छोरो खाएको जागिर छोडेर राजनीतिमा लाग्यो घरपरिवारलाई अार्थिक संकटमा राख्यो । बल्ल बल्ल टिकट पाएर चुनाव लढ्यो त्यही पनि हारेछ ।
तर अामा म हारेको छैन।
हामी दोलखेहरुको रैति थियौ,मेरा हजुरबाले बिद्रोह गर्नु भाथ्योरे।पछि चरिकोट बजारियाको दबदबामा बाच्यौअरे,त्यसलाई सोम प्रसाद हजुरबा र कर्ण प्रसाद काकाले प्रतिबाद गरेर हामी जिल्ला पाल्ने जिलुबासीको प्रतिष्ठा कायम गरेका थिए।फेरि हामी अान्तरिक उपनिबेसमा बाच्न बाध्य भयौ।मेरो दाइ यज्ञ प्रसादले त्यसलाई चुनौति दिनुभयो।
हामी जिलुबासी दुनियालाई दही दूध ,सागसब्जी ,अन्नपात खुवाउनेहरु सद,मुकाम धान्नेहरु तेस्रो दर्जाको नागरिक भएर न्यायका लागि अरुलाई गुहार्नु पर्ने अवस्थामा पुगेपछि बहुतै हेपिएको महशुस भएपछि राजनैतिक युद्धमा होमिने निधो गरेर मैले जागिर र मेरो पारिबारिक सुख सुबिधा त्याग गरि पुर्णकालीन राजनीतिमा हामफाले। मेरो ब्यक्तिगत बिचारको पनि रक्षा हुने देखेर मैले कांग्रेसलाई रोजेको थिए।
त्यही कांग्रेस भित्र मैले धेरै ठूलो लडाई लड्दै लड्दै प्रदेश सभा सदस्यको टिकट प्राप्त गरे।म भन्दा हुनेखाने र बर्चस्व राख्ने थुप्रै प्रतिष्प्रधी हुंदाहुदै पनि नेपाली कांग्रेसले न्याय निष्ठा र वौद्धकताको उचित मुल्याङकन गरेर मलाई टिकट दियो।मेरो माटो र जन्मभुमि अनि कुल प्रति न्याय गरेर अाभारी बबनायो। राज्यको ढुकुटीमा लामोहात गरेर अकुत सम्पति जोडने दलाल नोकरशाह र दलाली भतुवा राजनीति गरेर जीवन यापन गर्नेहरुलाई जन्मभुमिको मर्यादा भन्दा दलालीमा नाफा हुनेहुंदा केही नमकहरामहरुको साथ लिएर हाम्रो समाजको विवेक किन्न प्रयत्नशील भएकै हुन।तर माटोको धर्मले सामजिक अपराधीहरुलाई सहेन ।मलाई साथ दियो।मेरो पावन जन्मभुमि प्रति अाभारी छु।मेरो माटो जितेको छ।
अामा, म जस्तै निम्जा मान्छेहरुले अन्याय सहन गर्न नसकेर बन्दुक उठाए,बारुदसंग खेले ,जिन्दगि हत्केलामा राखेर हिडे अाफ्नो जीवन बर्वाद गरे अर्काको पनि बर्वाद गरे।अाखिर हार खाएर मेरै पद्धतिलाई स्वीकार गरे।जसका विरुद्ध लडेका थिए उसैलाई कांधमा बोकेर हिडे।तर मैले यही पद्धति भित्र वर्ग संघर्ष गरिरहे । म सफल पनि भए।
अामा, मैले हारेको छैन
म युरोपियन युनियनसंग लडे, छदमभेसी कम्युनिष्टका पोलिटब्युरो सदस्यहरुसंग लडे ,दलाल नोकरशाह र पुजीपति बर्गसंग लडे। अाफ्नै पार्टीभित्रका साम्रमज्यबादीहरुसंग लडे।भुईफुट्टा राजनिज्ञहरुको घेराबन्धीको बाबजुद दुईवटा सर्वसत्ताबादीहरुको गठजोरलाई चुनौति दिदै 10/11 हजार साथीहरुले साथ दिनुभयो सबै मित्रहरु प्रति कृतज्ञ छु।
मुलुकभरि हाम्रा महारथीहरु पराजित भैरहदा मेरो गणित अपुरो हुनु अस्वभाविक हैन।न यिनले राम्रो गरेर जितेका हुन व मैले नराम्रो गरेर हारेको हो।बरु युरोपबाट चलेको सुनामी र चिनियाँ हावाहुरीका बावजुद अाफ्नो वाली रक्षा गर्न सफल भएको छु।
म हारेको छैन अामा,हेपिएका ढेपिएका ,थिचिएका ,मिचिएका मान्छेहरुको अावाज घन्काई रहने छु।जनतालाई विकासका हकदार बनाउने मेरो यात्रा रोकिने छैन। जनम हारेको छैन ,ईमान र निष्ठा हारेको छैन।सत्यको जित हुन्छ अामा म हारेको छैन।
अाम दोलखेली अामाहरु प्रति समर्पित।
जय नेपाल।
केशवराज चौलागाईको फेसबुकपेजबाट साभार

प्रहरी हवल्दार १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ

अनलाइनखबर

६ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, म्याग्दी मातहतमा रहेको प्रहरी चौकी पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई म्याग्दी बसपार्कमा घुस लिँदालिँदै पक्राउ गरिएको अायोगका प्रवक्ता पदमप्रसाद पाण्डेले बताए ।
उनका अनुसर थप अनुसन्धान भइरहेको छ ।
२०७४ फागुन ६ गते १५:२३ मा प्रकाशित